Sunday, June 28News That Matters

२३औ मेयर कप फुटबाल प्रतियोगितको उपाधी वडा नम्बर ११लाई

पूर्णपुष्टि,असार १६ । जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा भएको २३औ मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ले उचालेको छ । गाईघाटको थरुहुट रंगशालामा आज (शनिवार) सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ५–१ गोलले हराउँदै वडा नम्बर ११ले २३औँ संस्करणको उपाधि उचालेको हो ।

प्रतियोगिताको उपाधि विजेता वडा ११ले नगद रु ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाउन बाध्य भएको वडा नम्बर २ले ३० हजार साथमा मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेल अवधिभरका सर्वाधिक गोलकर्ताको उपाधि वडा ११का खेलाडि जर्सी नम्बर ११ का सुनिल खड्काले प्राप्त गरेका छ । उनले प्रतियोगिता भरी ५ गोल गरेका थिए । यस्तै उत्कृष्ट गोल रक्षक जर्सी नम्बर २२का सन्दिप राईले वडा नम्बर ११ का तर्फबाट प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्टि डिफेन्डर जर्सी नम्बर १४का खेलाडि प्रविन श्रेष्ठले प्राप्त गरेको छ भने उत्कृष्ट मिड फिल्डर वडा नम्बर २ का तर्फबाट जर्सी नम्बर ८का खेलाडि देवराज चौधरीले प्राप्त गरेको छ । उनीहरुलाई जनही नगद रु २–२ हजार साथमा गोल्डेन ग्लोव्स, गोल्डेन बल, गोल्डेन सुज प्रदान गरिएको प्रतियोगिताको म्याच कमिस्नर उदय राईले बताए । साथै प्रतियोगिताको सर्वेउत्कृष्ट खेलाडी वडा नम्बर ११का खेलाडी जर्सी नम्बर ४ का आयुव राईले नगद रु, ३ हजार प्राप्त गरेको छ ।

विजयी टिम र खेलाडीलाई त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, जिल्ला फुटबल संघ उदयपुरका अध्यक्ष रञ्जन कार्की लगाए अन्य वडाका वडाअध्यक्षहरुले संयुक्तमा नगद चेक तथा पुरस्कार हस्तान्तरण गरेको हो ।

यही असारको ९ गतेबाट सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १४ वटा वडाहरुले सहभागिता जनाएको थियो । त्रियुगा नगरपाकिलाको प्रायोजनामा भएको फाइनलमा त्रियुगा नगरपालीकाका तर्फबाट जर्सी नम्बर ११का खेलाडि सुनिल खडकाले खेल सुरु भएको ८औ मिनेटमै १ गोलको अग्रता दिलाए । यस लगतै उनले पूण पहिलो हाफको १०औँ र दास्रो हाफको ५ औँ मिनेटमा लगातार उत्कृष्ठ गोल ह्याट्रिक गोल गर्दै टिमलाई बोव्वर अग्रता दिलाएको थियो । यस्तै साही टिमका लागि जर्सि नम्बर १० का खेलाडि दिवश श्रेष्ठले ४९औ मिनेटमा १ गोल र जर्सी नम्बर ७ का खेलाडि सरोज राउतले पनि पुःन १ गोल गरी उपाधीको पक्का हकदार बनेको दिए । यता वडा नम्बर २ को तर्फबाट भने खेल राम्रै प्रदर्शन गरेतापनि विपक्षी टिमलाई पछ्याउन भने सकेन । जवाफि गोलको प्रतिक्षामा रहेका वडा नम्बर २ले अन्तत दोस्रो हाफको २७औँ मिनेटमा जर्सी नम्बर ८ का देवराव चौधरीले प्रहार गरेको प्रिकिक अन्तत गोलमा परिणत हुँदा टिमका लागि खाता खोल्न सफल भएको थिए । प्रतियोगिताको अन्नित चरणको समय सम्म पनि १ गोलमा स्थितर रहेको वडा नम्बर २ले उपविजेतामै चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच सर्वाधिक गोल कर्ता सुनि खड्का घिषित भए । उनले नगद रु १ हजार प्राप्त गरेका छ ।

प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक वडा नम्बर ११का अरुण राई
प्रतियोगिताको सर्वाधिक गोल कर्ता सुनिल खडका, उनले प्रतियोगिता भरीमा ५ लोग गर्न सफल
प्रतियोगिताको उत्कृष्ठ डिफेन्स प्रविन श्रेष्ठ
प्रतियोगिताको उत्कृष्ट मिड–फिल्डर वडा नम्बर २ का देवराज चौधरी
प्रतियोगिताको उत्कृष्ट गोल रक्षक सन्दिप राई
म्यान अफ द म्याच सर्वाधिक गोल कर्ता सुनि खड्का