
पूर्णपुष्टि,असार १० । उदयपुरको गाईघाटमा जारी २३औ स्वर्गीय लालशेर राई मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा वडा नम्बर २ र ३ बिजयी भएको छ । जिल्ला फुटबल संंघ उदयपुरको आयोजनामा शनिवार देखि सुरु भएको प्रतियोगितामा (आईतवार) भएको दुई खेलमा वडा नम्बर २ जोगिदहर र ३ मोतिगडाले सहज जीत निकालेको हो ।
गाईघाटको थरुहट रंगशालामा सम्पन्न दोस्रो दिनको पहिलो चरणको खेलमा बोक्से र जोगिदह बिच प्रतिस्पर्धा भएको थियो । पहिलो हाफको अन्तीम समय सम्म पनि दुई टिमले पनि खाता खोल्न नसक्दा खेल निकै रोमाञ्चक बनेको थियो । सवैले रुचाएको टिम बोक्सेले भने यसपाली मेयर कपको उपाधी उचाल्ने अवसर गुमाएको छ ।

बोक्से र जोगिदह बिच भएको खेलमा ० को विरुद्ध २ गोल गर्दै बोक्सेलाई जोगिदहले पाखा लगाएको हो । बोक्सेले पहिलो खेलमै खराव खेल प्रदर्शन गरेपछि त्यसको भरपुर फाईदा लिँदै जोगिदहले बोक्से प्रतिद्दन्धीको रुपमा आफुलाई सावित गरेका थिए ।
दोस्रो हाप पछि जोगिदहबाट उत्कृष्ट खेलको प्रदर्शनी गर्दै टिमका लागि जर्सी नम्बर ८ का देवराज चौधरी र जर्सी नम्बर १० का सविन राईले सम्मान १–१ गोल गरे । दोस्रो दिनको पहिलो खेलको देवराज चौधरीले म्यान अफ द म्याच घोषित भएको छन् । बिगतको वर्षहरुमा उपाधी दावेदारको रुपमा रहेको बोक्से पहिलो चरणको खेलबाटै बाहिरीनु परेको हो ।

यस्तै दोस्रो खेलमा भौगोलिक हिसावले बिकट मानिएको वडा नम्बर १६ जाल्पा चिलाउँनेले वडा नम्बर ३ मोतिगडासंग दोस्रो खेल खेलेका थिए । उक्त खेलको सुरुवातदेखिनै कम्जोर देखिएको जाल्पा चिलाउँनेलाई मोतिगडाले ० को विरुद्ध ५ गोल गर्दै फराकीलो जित निकालेको छ । विपक्षी टिमको गोलपोसमा गोल गर्न कष्ट पूर्ण प्रयास गर्दा पनि जाल्पाले जवाफी गोल गर्नमा चुकेको हो ।
मोतिगडाकालागि जर्सि नम्बर ११का खेलाडि सन्जय धर्तीले पहिलो हाफको ३ मिनेट नवित्दै विक्षी टिमको गाल पोसबारको जाली चुमाउँन सफल भएको थियो । त्यस लगतै घर्तीले पहिलो र दोस्रो हाफगरी टिमकालागि ४ गोल गरेका थिए । प्रतियोगिताको विपक्षीमा रहेको जाल्पाले भने कुनै जवाफि गोल फर्काउन नसक्दो पूर्ण मोतिगडाको तर्फबाट जर्सि नम्बर १७ को खेलाडि दुर्गा कटुवालले पहीलो हाफको २६ मिनेटमा थप एक गोल गरे संगै ० को विरुद्ध ५ गाले अन्तरले जाल्पा चिलाउँने पराजित भएको हो ।

प्रतियोगिताको तेस्रो दिनको पहिलो खेल वडा नम्बर १३ असारीसंग वडा नम्बर ९ राजावास बिच प्रतिस्पर्धा हुने म्याच कमिस्नर उदय राईले बताए । उनका अनुसार दिउँसो करिव ४ बजे देखि हुँने दोस्रो खेलमा वडा नम्बर १५ ले वडा नम्बर ५को सामना गर्ने छ ।



