Sunday, June 28News That Matters

२४ दिनपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला पु¥यो

पूर्णपुष्टि, असार २ गते ।

२४ दिनपछि न्युजिल्याण्डमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । पहिलो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो ।

संक्रमित दुई जना भर्खरै बेलायतबाट फर्किएको र उनीहरु एक–अर्कासँग सम्बन्धित रहेको जनाईएको छ ।

संचारमाध्यमहरुको अनुसार, ती दुई व्यक्तिलाई एक मृत व्यक्तिको अन्तिम संस्कारमा बाहिरबाट आउनको लागि प्रतिबन्धमा छुट दिइएको थियो ।

न्युजिल्याण्डले गत हप्तामात्रै देश कोरोना भाइरसमुक्त भएको घोषणा गर्दै सबै प्रतिबन्ध हटाएको थियो ।