Friday, June 12News That Matters

३ मत अन्तरमा वडा अध्यक्ष विजयी

पूर्णपुष्टि, जेठ ४
बेलका नगरपालिका ४ मा वडा अध्यक्षमा ३ मत अन्तरले तीर्थराज अधिकारी विजयी भएका छन ।

नेपाली काग्रेसबाट उम्मेदवारी दिएका अधिकारीले ३ मतको झिनो अन्तरले प्रतिष्पर्धी एमालेका कोपिला प्रसाद अधिकारीलाई पराजित गरेका छन । विजेता तिर्थ राज अधिकारीले ५०६ मत प्राप्त गर्दा एमालेका कोपिला प्रसाद अधिकारीले ५०३ मत प्राप्त गरेका थिए ।