Wednesday, May 27News That Matters

३ महिने सिलाईकटाई तथा ४५ दिने कुसन तालिम सम्पन्न

गाईघाट/फागुन, २३

गाईघाट स्थित जगत भवनमा भईरहेको ३ महिने सिलाईकटाई तथा ४५ दिने कुसन तालिम शुक्रबार सम्पन्न गरिएको छ । घरेलु तथा साना उद्योग कार्यलय उदयपुरको आयोजना र नेपाल सिलाई तथा कपडा व्यवसायी संघको समन्वयमा मंसिर ११ गते बाट तालिम सुरु गरिएको थियो ।

तालिममा कुसन र कपडाको आइटमहरु उत्पादन गरिएको छ । “उद्योग र पूर्वधार समृद्धिको आधार भन्दै” व्यवसायीक रुपमै यस पेसालाई अगाडी बढाउन आयोजना गरिएको तालिममा २५ जना महिलाहरुले सहभागी जनाएका थिए । १० जना कुसन तर्फ र १५ जना कपडा सिलाई तर्फ सहभागी थिए ।

घरेलु तथा साना उद्योग कार्यलयका प्रमुख पाक्रम खाले यस तालिमलाई सदुपयोग गर्दै पेशा तर्प व्यवसायीकरण बन्न अनुरोध गर्नुभएको छ । उहाँले ३ महिने सिपलाई जिवनभरी प्रयोग र आत्मनिर्भरको हिसावले प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले यस्तो तालिमहरुको लागि आफुहरुले पनि सहयोग गर्ने बताउनुभयो ।

सहभागीहरुका अनुसार यस तालिमले आफूहरुलाई व्यवसायी रुपमा काम गर्न टेवा पुराएको बताएको छ । सिप एक आत्मानिर्भरको लागि मजबुद पेशा रहेका उनिहरुले बताए । उनिहरुले ३ महिना भित्र धरै कुराहरु सिकेको पनि बताए । बेसिक लेभल नै तालिमको पहिलो खुड्कीलो रहेपनि अन्य एड्भान्स तालिमहरु पनि उपलब्ध गराई पूर्ण रुपमा यस पेशामा सहज बनाईदिन उनिहरुले आयोजकहरु सँग माग गरेको छ ।

यस पेसाले बिषेश रुपमा महिला पुरुष सबैलाई रोजगार तथा आत्मनिर्भर बनाईरहेको बेला यस्ता तालिमहरुले थप सेवा सुविधा र उजारमा सहयोग पुराएको सहभागी कमला राईले बताउनुभयो । राईले यो पेशा अझै महिलाहरुको लागि बिषेश रहेको समेत बतानुभयो । हलुका, छिटो,  छरितो साथै महिलाहरु आफैमा यस पेसाबाट आत्मानिर्भर बन्न सक्ने राईले बताउनुभयो । तालिमको प्रशिक्षको रुपमा कुसन तर्फ ज्ञानु श्रेष्ठ, कपडा सिलाई तर्फ प्रमिला परियार प्रमुख प्रसिशक्षक र संगिता विष्ट सहायक प्रशिक्षकको रुपमा रहनुभएको थियो ।