Sunday, April 19News That Matters

४ गते बाट दशैँको लागि नयाँ नोट वितरण हुने

पूर्णपुष्टि, भदौ २८
यो बर्षको दशैँका लागि असोज ४ गते बाट नयाँ नोट वितरण गर्ने भएको छ । नोट वालुवाटार र सातै ओटा प्रदेश कार्यालयहरु बाट हुने राष्ट्र बैँकले जनाएको छ । हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।
यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो । केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए ।
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेको नेपालले बताए ।