Thursday, May 14News That Matters

४ दिनदेखि हराएकी बालिको शव मकैबारीमा भेटियो

पूर्णपुष्टि, जेठ २४ गते ।
चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा फेला परेको छ । सुर्खेतको गुर्भाको नगरपालिका–५ की सात वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा फेला परेको हो ।
शुक्रबारदेखि नै हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि पाँच सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ । बालिकको शव मकैबारीमा देखेपछि स्थानीवासीले प्रहरीलाई खबर गरेका थिए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालसहितको सुरक्षा निकायको टिम पनि घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भयरहेको प्रहरीको भनाइ छ ।
गुर्भाकोट नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर पुनका अनुसार गृष्मा आफ्नी हजुरआमासँग बस्दै आएकी थिइन् ।
बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । उनका बुवा मजदुरीका लागि भारत गएका छन् । आमाको भने पहिले नै मृत्यु भइसकेको छ । २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन् ।
आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि नभेटिएपछि सोमबारमात्रै प्रहरीलाई खबर गरेका थिए ।