
पूर्णपुष्टि, भदौ २ गते ।
चार दिन एता लगातर सुनको मूल्यमा गिरावट भएको छ । सोमबारदेखि बिहिबारसम्म सुनको मूल्य तोलामा १ हजार ९ सय रुपौयाँले घटिसकेको छ । सोमबार प्रतितोला ४ सय रुपैयाँ, मंगलबार प्रतितोला ७ सय रुपैयाँ, बुधबार प्रतितोला ५सय रुपैयाँ र आज प्रतितोला ३ सय रुपैयाँ गरी तोलामा १९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।
