Monday, July 6News That Matters

४ फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि,मंसिर २९

विभिन्न मुद्दाका ४ फरार प्रतिवादीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । कञ्चनपुर भिमदत्त नगरपालिकाका पवन जोशी, कैलाली बेलादेवीपुरका ३३ वर्षीय बमबहादुर सार्की, कैलाली धनगढी उपमहानगरका २२ वर्षीय धिरज भट्ट र सोही ठाउँका २३ वर्षीय सुरेश ऐरलाई प्रहरीले पक्राउ गरेकोे हो ।

मानव बेचविखन तथा ओसारपोसार मुद्दामा फरार रहेका जोशीलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जोशीलाई जिल्ला अदालतबाट म्याद थप गरी कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

त्यस्तै सार्कीलाई उच्च अदालत कञ्चनपुरले २०६८ जेठ १० गते मानव बेचविखन तथा ओसारपसार मुद्दामा १० वर्ष कैद र एक लाख जरिवाना सुनाएको थियो । अदालतको आदेशलगत्तै सार्की फरार अवस्थामा लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता लागूऔषध खैरो हिरोईन मुद्दामा भट्ट र ऐर फरार थिए । उनीहरुलाई पनि लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।