Monday, July 6News That Matters

चौदण्डीको साधारेमा २ ओटा मोटरसाईकल एकआपसमा ठोक्कीदा एकको मृत्यु २ जना घाईते

पूणर्पुष्टि, मंसिर २९

चौदण्डीगढी नगरपालिका ६ सातधारेमा मोटर साईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत आईतबार २ ओटा मोटर साईक एक आपसमा ठोक्किदा तुवाचुङ नगरपालिका चेस्मीटारका भविन्द्र परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । परियार हाल त्रियुगा नगरपालिका २ स्थित कोठाभडामा बस्दै आएको थियो । घम्भीर घाईते भएका परियारको बिपि कोईराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी अर्का मोटर साईकलमा सवार खोटाङ बाह्रपोखरी गाउँपालिका ४ बस्ने २९ वर्षिय दिवस राई गम्भिर घाइते भएका छन् भने सोही मोटर साइकलमा पछाडि सबार सोही ठाउँका २६ वर्षिय साधना राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

घम्भीर घाईते राईको बिपिमा उपचार भईरहेको डिएसपी गौतमले जानकारी दिनुभयो । सामान्य घाईते साधना राईको भने चौदण्डीमै प्रथामिक उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश नं. १-०५-००१ प १८५० नम्बरको मोटर र पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको स.१ प ९१०१ नम्बरको मोटर साइकल एकआपसमा ठोक्किएका थिए ।