
पूर्णपुष्टि, असोज १४ गते ।
चार वर्षीया भतिजको हत्या गरेको अभियोगमा धनुषाका एक जना युवक पक्राउ परको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई भतिज अनुष पासवानको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई भतिज हत्या आरोपमा पक्राउ गरेको छ ।
रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पासवानमाथि कारबाही तथा आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
