
पूर्णपुष्टि, असार २५ ।
जुलाई १६ अर्थात असार ३२ मा गाईघाट कोरा साईक्लिङ च्यालेन्ज २०२२ हुने भएको छ । उदयपुर जिल्ला साईक्लिङ संघले चौथो संस्करणको कोरा च्यालेन्ज गर्न लागेको हो । कोरा भन्नाले साईक्लिङको भाषामा निश्चित क्षेत्रको परिक्रमा हो । घडिको शैलीमा घुम्नु हो । साईक्लिष्टहरुले कोरामा विभिन्न स्थानको भिजिट गर्ने र प्रचार/प्रसार गर्दछन् । यसबाट पर्यटकीय सम्भावनाको खोजी, प्रचार प्रसारसंगै प्रबर्धनमा टेवा पुग्नेछ ।
संघका अध्यक्ष जितेन्द्र रोईलाका अनुसार यसपटक ५० किलोमिटरको यात्रा तय भएको छ । गाईघाटदेखि सुरु गरि जलजले-चुहाडे-मुर्कुची-सुकौरा-भान्टाबारी-राजाबासहुदै गाईघाटमै आईपुगेर कोरा टुङ्ग्याउनेछ । चुहाडेमा खाजा र सुकौरामा खानाको ब्यवस्था छ । कोरामा ५५/६० जना सहभागी हुने छन् । त्रियुगावाहेक चौदण्डिगडी र धरानसम्मको साईक्लिष्टहरुको सहभागिता रहनेछ ।
स्वस्थ साइक्लिङ समुदाय निर्माणको लक्षसहित परोपकारिताका लागि कोष संकलनसमेत संकलन गर्ने गरिएको छ । यसपटक स्वर्गिय यमलाल रसाइलीको परिवारलाई सहयोगको लक्ष राखिएको छ । स्व. यमलाल साइक्लिष्ट थिए । एउटा खुुट्टा थिएन । एउटा खुुट्टाले नै राष्ट्रब्यापी साइक्लिङ गरेका थिए । उनी उदयपुरमा राईट टुकोशीटप्पुमा समेत सहभागि बनेको थिए । पहिलो कोरोना कालमा आफै मास्क सिलाएर वितरण गरेका उनी दोस्रो कोरोना काल बच्न सकेनन् । उनकै परिवारको आर्थिक सहयोगका लागि यो वर्षको कोरा च्यालेन्स समर्पित रहेको छ ।
२०११ मा ३५ जनाले सुरु गरेको कोरा च्यालेन्ज देशमा १२ ओैं हो भने उदयपुरमा चौथो । ३५ साईक्लिष्टबाट सुरुको यो यात्रा सात हजारमा पुगिसकेपछि पछिल्लो समयमा जो जहा छ त्यहिबाट कोरा च्यालेन्ज गर्न थालेको हो ।
उदयपुरमा साईक्लिङको सम्भावना राम्रो छ । साईक्लिङ पर्यटनको रुपमा विकास हुँदै गएको छ । यसले स्वस्थ्य जीवनशैलीलाई प्रवद्र्धन गर्ने, जलबायु परिवर्तनसंग लड्नका लागि समाधाहरु प्रदर्शन गर्न महत्वपूर्ण भुमिका खेल्दछ । यो अन्तराष्ट्रिय स्तरमासम्म हुने गर्दछ । अन्तराष्ट्रमा यो च्यालेन्जलाई हिमालको सबैभन्दा ठुलो साइकल कार्यक्रम भनेर परिचित छ । हिमालको भन्नाले हिमालै हिमालले भरिएको देश नेपाल भनेर चिनिन्छ । उदयपुरको कोरा च्यालेन्जलाई नगरपालिका लगायतका निकायहरुको पनि सहयोग रहेको आयोजकले जनाएको छ ।
