
पूर्णपुष्टि,पुष २०
५० थान गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका बद्रीहाङ राईलाई ९ एमएमको पेस्तोलमा लाग्ने गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।
सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको छ ।
राई श्री एयरलाइन्सको जहाजबाट भद्रपुर जान लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
