Sunday, May 17News That Matters

लागुऔषध ब्राउनसुगर सहित २ पक्राउ

पूर्णपुष्टि, पुष २० 

झापाको दमक नगरपालिका–६ बेलडागीबाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । दमक नगरपालिका–८ का २१ बर्षीय बिक्रम लम्जेल र रतुवामाई नगरपालिका–८ का २२ बर्षीय रोशन कुमार मग्रातीलाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेका हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट गस्तिमा खटिएको प्रहरी टोलीले आईतवार राती १० बजे शंकास्पद अवस्थामा हिडिरहेका उनिहरुलाई चेकजाँच गर्दा १ ग्राम ३९० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।