Sunday, May 10News That Matters

५६ बुदे त्रियुगा शैक्षिक घोषणा पत्र जारी

उदयपुर, पुस १२ गते ।

उदयपुरको त्रियुगा नगरपालिकाले ५६ बुदे “त्रियुगा शैक्षिक घोषणा पत्र–२०७६” जारी गरेको छ । त्रियुगा नगरपालिकाले तयार पारेको ५६ बुदे घोषाण पत्र १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले शनिबारी एक समारोहका विच जारी गर्नु भएको हो ।

नगर भित्रका नगरकार्यपालिका सदस्यहरु, विद्यालयका प्रअ, शिक्षक, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष, अभिभावक संघका अध्यक्ष, सरोकारवाला, विज्ञहरुको दुई दिने भेलाले सामुदायीक विद्यालयको सवलिकरण र शैक्षिक गुणस्तर र सुधारका लागि ५६ बुदे घोषणा पत्र जारी  गरेको छ । देउसी भैलो खेलेर स्थापना गरेको विद्यालयप्रति कसैलाई चासो नभएको १ न. प्रदेशका सामाजिक विकास मन्त्रि जिवन घिमिरेले बताएका छन् । मन्त्रि घिमिरेले भने “पहिला सवैको रोजाईमा पर्ने सामुदायीक विद्यालय आजभोली किन विद्यार्थीको रोजाईमा पर्न छाडेको छ । यसको कारण के हो ? यसको पहिचान गरी समाधानका उपायसमेत घोषणा पत्रले समेटेको छ । ”

अहिले शैक्षिक सुधारको खाँचो छ । राज्यले विनियोजन गरेका बजेटले सटिफिकेट मात्रै नभई सिप र दक्षता हुनु पर्दछ । खाडी मुलुक र विदेशले देश नचल्ने भएकाले देखेका सपना साकार पार्न आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने मन्त्रि घिमिरेले बताए । हिजोका केहि दिनमा जनप्रतिनिधि नभएरपनि केहि समस्या आएको थियो । तर आज जनप्रतिनिधि र जनताले चाहेका राज्य व्यावस्था भई संविधानले नै अधिकार दिई सकेकाले समृद्धिका लागि संघर्ष गर्नु पर्ने उनले बताए ।

नेपालको राजनीतिलेसमेत एउटा नयाँ मोड लिईसकेकाले समाजवादको आधार निर्माण गर्न सवै लाग्नु पर्ने मन्त्रि घिमिरेले बताए । अहिलेका जनप्रतिनिधिलाई दक्ष जनशक्ति उत्पादन गर्ने चुनौतिको रुपमा आएको छ । शिक्षा ऐन कानुनको निर्माण हुन नसक्दा समस्या देखिएको उनले बताए ।

संघिय शिक्षा ऐन आउनासाथ प्रदेशले प्रादेशीक शिक्षा एन तत्काल ल्याउने छाँै । ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत अन्य दक्षा जनशक्ति उत्पादन गर्नका लागि मनमोहन प्राविधिक विश्व विद्यालय स्थापना गरी सक्भर यहि महिना भित्र राष्ट्रपतिबाट उद्घाटन गरी पठन पाठन समेत सुरु गर्ने मन्त्रि घिमिरले बताए । प्रदेशमा आवश्यक पर्ने के र कस्ता खालको जनशक्ति चाहिएको हो भन्ने पहिचान गरी उत्पादन गर्ने उनले बताए ।

अहिले प्रदेशले पाईलट प्रोजेकटको रुपमा १०० वटा विद्यालयमा अभियान सुरु गरेको छ । प्राविधिक सहि ढंगले चलाउन जाने धेरै ज्ञान र सिप लिन सकिन्छ । आमाहरुलाई समेत कम्प्युटर शिपको व्यावस्था विद्यालयले गरी विद्यालयसँग जनिक बनाउनु पर्ने उनले बताए ।स्वास्थ्य, शिक्षा र उद्यमशिलताका लागि नगरले सहकार्य गर अघि बढ्दै गरेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए । शिक्षित नगर बनाउनको लागि अवको विद्यालयमा आमावुवा समेतले पढ्न पाउने वातावरण निर्माण सिर्जना गर्ने उनले बताए ।

घोषणा पत्रअनुसार साझेदारी कोष खडा गर्न १ महिनाको कर्मचारी, शिक्षक र जनप्रतिनिधिहरुको तलव भत्ता मात्रै जम्मा गर्ने हो भने एकै साल ५ करोड भन्दा बढी रकम जम्मा हुने मेयर चौधरीले बताए । यस नगर स्तरीय शैक्षिक सम्मेलन अभियानको रुपमा अगाडी बढ्ने उनले बताए ।

प्रदेश सरकारद्धारा संचालन भएको “म अघि बढ्छु” अभियानलाई पूर्ण रुपले साथ र सहयोग गर्दै अगाडी बढाउने त्रियुगा नगरपालिकाका सामाजिक समितिका संयोजक तथा १६ न. वडाका वडाध्यक्ष मानबहादुर राईले बताए । भर्ना अभियानले मात्रै नहुने भएकाले विशेष योजना बनाएर अघि बढ्नु पर्दछ । नगर भित्र सुरु भएका केहि प्राविधिक शिक्षाहरुलाई स्नातक तहसम्म अध्ययन गर्न व्यावस्थापन गर्न अनुरोध समेत गरेका छन् । सामुदायीक विद्यालयसँग प्रत्यक्ष जोडीएका व्यावस्थापन समिति, शिक्षक, अभिभावक, संघ, समूहलाई काम, कर्तव्य र अधिकार प्रयोगको वातावरण सुनिनिश्चत, विद्यार्थीको सिकाई सुदृढीकरण हुने कार्यक्रम बनाई कार्यन्वयन गर्नु पर्ने, सिकाईमा कमजोर विद्यार्थीका लागि विद्यार्थीले नै अत्तिरिक्त कार्यक्रम संचालन गर्ने गरी व्यावस्थापन गर्ने, तह, विद्यार्थी संख्या र कक्षा अनुसार शिक्षक दरबन्दि र भौतिक पूर्वधार उपलब्धताका लागि पहल, घुम्ति शिक्षाको व्यावस्था, सेनेटरी प्याडको व्यावस्था, शैक्षिक अवलोकन भ्रमण लगायतका शिक्षा क्षेत्रमा पर्ने सवै खाले विषय वस्तुलई घोषणा पत्रका समेटेको छ ।