Wednesday, June 17News That Matters

५ बुँदे सहमतीमा मिल्यो जिवन लघुवित्त र संघर्ष समितिबीचको झगडा

पूर्णपुष्टि, ७ जेष्ठ ।
जिवन लघुवित्त संस्था गाईघाट र लघुवित्त संस्था बिरुद्ध संघर्ष समितिको झगडा मिलेको छ । आईतबार दुवै पक्षबीचको विवादले उत्पन्न भएको झडप वार्तापछि सहमती भएको हो । मंगलबार दुवै पक्षका ११÷११ कार्यििमतिको उपस्थितिमा भएको बार्ताले झगडा मिलाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । वार्ता प्रहरी कार्यालय परिसरमै भएका थिए । झडपमा ५ प्रदर्शनकारी र केहि प्रहरी समेत घाईते भएका थिए । प्रदर्शन शान्त पार्न प्रहरीले असुर ग्यासनै हानेका थिए ।