
पूर्णपुष्टि, फागुन २४ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति उदयपुरले जिल्ला प्रहरी कार्यालयमा ६ बुदेँ माग सहित ज्ञापन पत्र दर्ता गरेको छ । बिहिबार प्रहरी कल्याणकोषको न्यायोचित वितरण भन्ने मुलनाराका साथ देश व्यापी ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत पूर्व प्रहरी संगठन उदयपुरका उपाध्यक्ष बल बहादुर खत्रीको नेतृत्वमा जिप्रकामा ज्ञापन पत्र दर्ता गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरिक्षक रमेश थापाले ज्ञापन पत्र नबुझ्ने भएपछि संगठनको माग सहितको ज्ञापन पत्र दर्ता गरिएको थियो । उक्त माग ३५ दिन भित्र पूरा नगरिएमा वा सन्तोषजनक मनासिव कदम नचालिएमा नेपाल पूर्व प्रहरी संगठनले आफु माथि संरक्षक बाट पनि न्याय नगरिएको निष्कर्ष निकाल्ने जनाएको छ । माग सम्बोधन नगरे प्रहरी कल्याणकोष व्यवस्थापन संचालक समितिको काम कारर्वाही विरुद्ध देश व्यापी विरोध कार्यक्रमका साथै कानूनी, प्रशासनिक र दवाव मूलक कार्यक्रमहरु समेत अगाडी बढाउने चेतावनी समेत दिएको छ ।
पुर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुदै पनि पटक पटक यस सम्बन्धमा पूर्व प्रहरीहरुको हकमा कल्याणकोषबाट न्यायोचित वितरण गरियोस भनि प्रहरी प्रधान कार्यालयमा पत्रचार गरिएपनि सुनुवाई नभएको संगठनले जनाएको छ । ज्ञापन पत्र बुझाउन उपाध्यक्ष खत्री सहित सल्लाहकार ज्ञान बहादुर बस्नेत, त्रियुगा नगरका कार्यसमितिका अध्यक्ष रवि लिम्बु, चौदण्डीगढी नगर कार्यसमितिका अध्यक्ष कृष्ण पराजुली लगाएतका पूर्व प्रहरीहरुको उपस्थिति रहेको थियो ।
यस्तो छ ज्ञापन पत्रमा छ बुदे माग
१. प्रहरी कल्याणकारीकोषको संरक्षक श्री माति लाल वोहराज्यू को समय बि।सं। २०४९ फागुन देखी संरक्षक रविन्द्र प्रताप शाहज्यूको समय बि।सं। २०६९ भाद्र सम्मको कल्याणकोषको आय व्ययको हिसाब किताब नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गरियोस् ।
२. नेपाल प्रहरी कल्याण कोषको रकम बाट कल्याणकारी कार्यमा रकम बिनियोजित गर्दा मुल्य धन बाट भएको वा हुने बण्तको –कम्तिमा बैंक व्याजका आधारमा० ४० प्रतिशत वहालका प्रहरीहरुको लागि खर्च गर्ने, ४० प्रतिशत पूर्व प्रहरीका लागी खर्च गर्ने र २० प्रतिशत आय मुलक कार्यमा खर्च गर्ने नितिगत निर्णय गरी सो निर्णय कार्यन्वयन गरियोस् ।
३. नेपाल प्रहरी कल्याण कोषको संचालक समितिमा ४० प्रतिशत प्रतिनिधित्त्व पूर्व प्रहरीहरु बाट हुने व्यवस्था गरियोस् ।
४. प्रहरी संगठनको काम शान्ति सुरक्षा दिने भएकोले कल्याणकारी योजना अन्तर्गतका व्यापारीक कामहरु पूर्व प्रहरी संगठनलाई हस्ताण्तरण गरियोस् । प्रहरी संगठनले व्यापार नगरोस् ।
५. नेपाली सेनाको भैँ पूर्व प्रहरीहरुको कल्याणमा समन्वय तथा योजन ागर्न प्रहरी प्रधान कार्यालयमा अफिुस सहित २ जना पूर्व प्रहरी पदाधिकारीहरुलाई र हरेक प्रदेशमा १÷१ जना पदाधिकारीहरुलाई पूर्व दर्जा अनुसारको सेवा सुविधा दिई, साथै निजहरुलार्य सहयोग गर्न वहालका प्रहरीहरु समेत दिएर पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गरियोस् ।
६. प्रहरीका अमर सहिद परिवारका सन्ततीका लागि १० प्रतिशत र प्रहरी परिचर देखि ब।प्र।ना।नि। दर्जा सम्मका पूर्व प्रहरीहरुका सन्ततीहरुका लागि ५ प्रतिशत नयाँ भर्नामा कोटा प्रदान गर्ने व्यवस्था गरियोस् ।
