Wednesday, May 20News That Matters

६ वटा नयाँ भाषा थपियो

कात्तिक १९ गते । 

नेपालमा बोलिने १ सय २३ भाषामा ६ वटा नयाँ भाषाको पहिचान भएको छ । राना थारू, नार फु, चुम (स्यार), नुब्री (लार्के), पोइके र सेराके (सेके) भाषा पहिचान भएको हो

यी भाषा कञ्चनपुर, मनाङ, गोरखा, डोल्पा र मुस्ताङमा बोल्दै आएको पाइएको छ । चुम (स्यार) र नुब्री (लार्के) २ वटा भाषा गोरखामा बोलिने पाइएको छ । अब नेपालमा बोलिने भाषाको सङ्ख्या १ सय २९ पुगेको छ ।

नेपालका अधिकांश भाषा मौखिक परम्परामा आधारित छन् र लेख्य पद्धति अझै विकास हुन सकेको अवस्था छैन । भाषा आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको वार्षिक प्रतिवेदनमा नयाँ भाषाको पहिचानलाई संस्थागत गरिएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।