Friday, May 8News That Matters

ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

कात्तिक १९ गते । 

मकवानपुरको रातोमाटेमा ट्रक र मोटरसाईकल ठोकिदा एक जनाको मृत्यु भएको छ । टहेटौँडा–१५ रातोमाटे लच्कामा गतराति ट्रक र मोटरसाईकल एकआपसमा ठोकिदा मोटरर्साइकल चालक औतार स्याङतानको मृत्यु भएको हो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौँडा–१५ रातोमाटे निबासी ३५ वर्षीय स्याङतानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईलमा पछाडी सवार जितपुर सिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुल निबासी ३२ वर्षीय मनिष लामा घाईते भएको प्रहरीले जनाएको छ । उनको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।