Thursday, May 14News That Matters

७२ लाखसहित एक नेपाली नागरिक पक्राउ

पूर्णपुष्टि, भदौ २८ गते ।
नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेका ७२ लाखसहित एक जना नेपाली नागरिक पक्राउ पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हो ।
सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेको सुनौली पुलिस चौकीले जनाएको छ ।
स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन ।