७ वर्षीया बालिकाको घाँटी रेटेर हत्या

पूर्णपुष्टि, कार्तिक २३
एक सात वर्षीया बालिकाको निर्मम तरिकाले घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेको छ । सुर्खेतको लेखबेसी नगरपालिका–१ सुर्खेत ढापखर्कका गगनबहादुर सुनारकी छोरी मनिषा सुनारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार मनिषाको शव घरबाट ५ सय मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा भेटिएको थियो ।
मनिषा आइतबार बिहान १० बजे सामान किन भनी घर नजिकैको पसलमा गएकी थिइन् । घर नफर्केपछि परिवारले सोमबार बिहान ९ बजे इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए । खबर प्राप्त हुना साथ इप्रकाका प्रहरीको टोलीले खोजतलास गर्दा देवीलालको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला पारेको थियोे ।
मनिषाको शरीरको माथिल्लो भागमा कपडा भएपनि तल्लो भागमा कपडा नभएको प्रहरीको भनाई छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टसहित कर्णाली प्रदेश प्रहरी अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0