७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

पूर्णपुष्टि, पुष २६
एक ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवा पक्राउ परेको छ । मोरङको कानेपोखरी गाउँपालिका घर भएका ३४ वर्षीय धन बहादुर बिष्टलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो ।
भोजपुर षडानन्द नगरपालिकास्थित खेतमा ती बालिकालाई बिहीबार धनबहादुरले जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0