९४ तोला चाँदी सहित पक्राउ

पूर्णपुष्टि, कार्तिक १० मोरङ रतुवामाई नगरपालिका ३ छालगाछी स्थितबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।हिजो बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो । पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0