
पूर्णपुष्टि, बैशाख २४ । यस सिजनको कोपा डेल रे कपको उपाधि स्पानिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राती सेभियामा भएको फाईनल खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि पहिलो कोपा डेल रेको उपाधि जित्न सफल भएको हो ।
रियलका लागी दुवै गोल रोड्रिगोले गरे भने ओसासुनाका लुकास टोरोले एक गोल गरेका थिए । खेल सुरु भएको २ मिनेटमा ब्राजिली युवा विंगर रोड्रिगोले गोल गर्दै रियललाई आग्रता दिलाएका थिए भने ५८ औं मिनेटमा ओसासुनाका लुकास टोरोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ७० औं मिनेटमा रोड्गिोले गोल गर्दै रियलको जित निश्चित गरेका थिए ।
