छैठौं नारदमुनी गोल्डकप सुरु, डिएफसी मोरङको जीत सुरुवात
पूर्णपुष्टि, कात्तिक १७ गते ।
बसाहा–उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमो डिएफसी मोरङले न्यू स्टार क्लव सुनसरीलाई टाईव्रेकरमा ३ को विरुद्ध ४ गोल गर्दै जीतको सुरुवात गरेको छ ।
बराबरी २÷२ गोलमा टुंगिएको ७० मिनेटको खेलमा जितको छिनोफानो गर्न भएको टाईवेकरमा मोरङको तर्फबाट विदेशी खेलाडी सेगुन, बुद्ध चेम्जोङ, अर्का विदेशी खेलाडी प्रतिक र योगेश गुरुङले गोल गरेका थिए । सुनसरीका दोर्जे गुरुङ, जीवन धामी र मनोज राईले गोल गरेका थिए ।
खेलको ३४ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ११ का तिर्थ बस्नेतले पहिलो गोल गरी खाता खोलेका थिए । त्यस लगत्तै ३७ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ७ का उमेश राईले १ गोल गरेका थिए ।
मोरङतर्फ जर्सी नम्बर १३ का निसान खड्काले ३९ औं मिनेटमा गोल गरी टिमका लागि खाता खोलेका थिए भने खेलको अन्तिम म...


