Thursday, August 6News That Matters

Month: ८ वर्ष अगाडि

सुध्रिएन जिल्ला अस्पतालको अवस्था, विरामीलाई सास्ती कायमै

सुध्रिएन जिल्ला अस्पतालको अवस्था, विरामीलाई सास्ती कायमै

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १६ गते -जिल्ला अस्पताल उदयपुर सुधार हुनुको साटो झनै अव्यवस्थित बन्दै गएपछि विरामीहरुले उपचारको साटो सास्ती भोगिरहेका छन् । सोमबार राती विरामीले डाक्टर खोज्दा नभेटिएपछि विरामीले ठूलै सास्ती खेप्नु पर्यो भने विरामीका आफन्तहरुले तनाव झेल्नु पर्यो । एक गर्भवती महिला त्रियुगा नगरपालिका ९ की गीता खड्काको अप्रेशन गर्नुपर्ने अवस्थामा डाक्टरको खोजी हुदा नभेटिएपछि स्थिति तनावपूर्ण बनेको हो । डाक्टरलाई पटक पटक फोन सम्पर्क गर्दा पनि घण्टौं सम्पर्कमा नआएपछि स्थानीय अस्पताल र डाक्टरप्रति आक्रोसित बनेका थिए र गर्भवती महिलालाई रेफर गरी प्राईभेट हस्पिटल त्रियुगा लगिएको थियो । अप्रेशन गर्नुपर्ने अवस्थाकी सुत्केरीका आफन्तले खोज्दा डाक्टर सम्पर्कविहिन भईदिएपछि डाक्टरको तिब्र खोजी मात्र भएन अस्पताल केहीबेर तनावग्रस्त बन्न पुगेको थियो । खबर लगत्तै प्रहरी प्रमुख तथा निमित्त प्र...

लागू औषधसहित चार पक्राउ

समाचार
पूर्णपुष्टि/गाईघाट, फागुन १७ गते -गाईघाट शिवालयटोलस्थित होटल कोहवर छेउबाट बिहीबार लागू औषधसहित चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१० का २३ वर्षीय भिषण राई, सोही ठाउँका २० वर्षीय विशेष मगर, त्रिनपा ११ का २१ वर्षीय निराजन खत्री र सोही ठाउँका २० वर्षीय किशोर मगर रहेको प्रहरीले जनाएको छ । प्रहरी गस्ती टोलीले लागू पदार्थ लुपिजेसिक, फेनार्गन र डाईजोल्यापसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रतिबन्धित लुपिजेसिक ५ थान, फेनार्गन ४ थान र डाईजोल्याप ५ थान गरी १२ थान लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । उदयपुरमा यस आर्थिक वर्षमा १ सय ३० भन्दा बढीलाई लागू औषधमा पक्राउ परेका छन् भने ६७ जनालाई मुद्दा चलाईएको प्रहरी तथ्यांक छ ।...
बाली जोगाउन तारजाली र विद्युतीय धराप

बाली जोगाउन तारजाली र विद्युतीय धराप

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १७ गते -जंगली जनावरको आतंक रोक्न तारजाली र विद्युतीय धराप जडान गरिने भएपछि उदयपुरको पूर्वी क्षेत्र कोशी वन्यजन्तु आरक्ष क्षेत्रका बासिन्दा खुसी भएका छन् । जंगली जनावरको आतंक रोक्न बेलका नगरपालिकाको वडा नम्बर १ र २ मा तारजाली र विद्युतीय धराप जडान गर्ने भएको हो । पाँच किलोमिटरसम्म तार जाली र सोलारबाट करेन्ट प्रवाह गर्ने विद्युतीय धराप जडान गर्ने योजना रहेको मेयर दुर्गाकुमार थापाले बताउनुभयो । कोशी वन्यजन्तु आरक्ष क्षेत्रका अर्ना (जंगली भैसी), हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर र हात्तीलगायतका जंगली जनावरहरूले अन्नबाली सखाप पार्ने भएकाले तारजाली र विद्युतीय धराप जडान गर्न लागिएको हो । यसले त्रियुगा नदी किनार हुँदै, तपेश्वरी, पुरन्दह, भागलपुर, रामनगर टाप्पु, चन्द्रपुर टप्पु, करैया, तल्लो बेलहा, वानडाँडा, गलफडिया लगायत क्षेत्र आसपासको अन्नबाली संरक्षणमा सहयोग ...
महोत्सवबाट दुई सर्बसाधारणको मोटरसाईकल चोरी, थप सुरक्षा चुनौती देखिदै

महोत्सवबाट दुई सर्बसाधारणको मोटरसाईकल चोरी, थप सुरक्षा चुनौती देखिदै

समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १७ गते सुरक्षा प्रमुखले सुरक्षा चुनौती नरहेकाले अबेरसम्म मेला चल्न दिएको भन्दै गर्दा सर्बसाधारणको दुईओटा मोटरसाईकल चोरी भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले मंगलबारबाट आयोजना गरेको महोत्सव, प्रशासनले दिएको निर्देशन विपरित अबेरसम्म सञ्चालन हुँदा सर्बसाधारणको मोटरसाईकल चोरी भएको हो । बुधबार राती प्रहरी प्रमुखसहितको उपस्थितिको सुरक्षा र महाविर सेक्रेटरी कम्पनीका सुरक्षाकाबीच त्रियुगा नगरपालिका १६ का कमलबहादुर कटुवालको स २ प ५७३५ नम्बरको यामाहा कम्पनीको एफजेठ मोटरसाईकल र त्रियुगा नगरपालिका ३ मोतिगडाका प्रकासकुमार हमालको बा ३३ प २१४६ नम्बरको होण्डा कम्पनीको मोटरसाईकल चोरी भएको हो । राती खबेरसम्म प्रहरी प्रमुख एसपी नवराज भट्ट र सशस्त्र प्रहरी प्रमुख डिएसपी पुरन भट्ट रहेको महोत्सवस्थलबाट महोत्सव हेरेर फर्कन खोज्दा राखेको ठाउँमा मोटरसाईकल नभेटिएको पिड...