Monday, July 6News That Matters

Month: ८ वर्ष अगाडि

ओभरलोड बोक्ने ट्रिपरमा प्रहरी निगरानी

ओभरलोड बोक्ने ट्रिपरमा प्रहरी निगरानी

समाचार
पूर्णपुष्टि/उदयपुर, चैत २९ गते -मारुती र कसमस सिमेन्ट उद्योगले चुनढुंगा बोक्न प्रयोग गर्दै आएको ट्रिपरहरुले तोकिएको भन्दा बढि भार ढुवानी गरेर सडक क्षती तथा दुर्घटनाको जोखिम बढाएपछि प्रहरीले निगरानी बढाएको छ । ट्राफिकसहितको प्रहरी टोलीले सडकमा ट्रिपरहरु रोकेर डालाभन्दा माथिका चुनढुंगा सडक किनारमै खसाल्न लगाउने गरेको छ । बुधबार इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारी, कटदिारी ट्राफिक इनचार्ज डिबि दियालीसमेत सडकमा खटिदै टिपरहरुको बढि लोड खसाल्न लगाए भने आगामी दिनमा फेला परे कारवाही गर्ने चेतावनी दिएका थिए । ओभरलोडका कारण सडक क्षतविक्षत हुने गरेको र दुर्घटनाको जोखिम बढिरहेकाले नियन्त्रणमा उत्रिएको डिएसपी अधिकारीले बतउनुभयो । स्थानीयबासीका अनुसार उक्त सडकमा मारुतीले करिब चारसय बढि र कसमसले दुईसयको हाराहारीमा चुनढुंगा बोक्न टिपर सञ्चालन गर्दै आएको छ । सिरहामा उद्य...
पेशोकको कामले लिम्चुङबुङ र रौतामाई गापाका जनता लाभान्वित

पेशोकको कामले लिम्चुङबुङ र रौतामाई गापाका जनता लाभान्वित

समाचार
घरनजिकै धारा, कुवाको बाध्यता हट्यो पूर्णपुष्टि/उदयपुर, चैत १९ गते -गरीबी निवारण कोष काठमाडौंको आर्थिक सहयोग र शान्ति समाज केन्द्र (पेशोक) नेपालको प्राविधिक सहयोगबाट जिल्लाको लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिकाका जनताले खानेपानीको सुविधा पाएका छन् । समुदाय सशक्तिकरण परियोजना अन्तर्गत लिम्चुङबुङ गाउँपालिकाको वडा नं. ४ अन्तर्गतको राम्चेखर्कमा जुकेपानी खोला खानेपानी परियोजना र सिम्लेमा धारापानी खोला खानेपानी परियाजनाबाट उपभोक्ताहरुले खानेपानीको सुविधा पाएका हुन् । राकुला कृषक सामुदायिक संस्थाले सञ्चालन गरेको जुकेपानी खापायोबाट ११ वटा सामुहिक धारा निर्माण गरि खानेपानीको सुविधा दिइएको छ भने बाराजी मन्दिर सामुदायिक संस्थाले सञ्चालन गरेको धारापानी खापायोबाट १७ वटा सामुहिक धारा निर्माण भएका छन् । जसले दुई विद्यालयसहित सयौं घरधुरी लाभान्वित बनेका छन् । जुकेपानी खापायोको १५ लाख, ...
गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

गजरकोटेको सृजनामा ‘बार लाउ है मायाले’

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/सोलुखुम्बु, चैत २० गते खोटाङ खार्मीकी गायिका रेणुका राईले पुर्वेली जुहारी ‘बार लाउ है मायाले’ बजारमा सार्वजनिक गरेका छन् । गीतकार शिखर गजरकोटेको रचना, संगीतकार प्रियजन राईको भाका सृजनामा भर्सटायल गायक राजेशपायल राई र रेणुका राईको स्वरमा सजित पुर्वेली गीत पुर्वेली जुनतारा म्यूजिक मार्फत डिजिटल बजारमा सार्वजनिक गरिएको हो । मौलिक शब्दजालमा तयार पारिएको गीतको भिडियोलाई प्रियजन राईले निर्देशन गरेका छन् । जनकराज अधिकारीले क्यामरा चलाएको भिडियोमा ऋतु कोईराला, समिर राई र हरिचन्द्र राईले अभिनय गरेका छन् । भिडियोमा कलाकारले पहिरिएका मँैलिक भेषभुषाले अझ लोक प्रेमीको मनलाई लोभ्याएको छ । गीतमा समाबेश शब्दको पुरा अंश– बार लाउ है मायाले आँफैले शुरु गरेको प्रित पार लाउ है मायाले मुसलधारे पानी है परयो दुधकोशी सुसायो आँखाको भाका मनैले बुझ्यो पिरती टुसायो जिउडाल हेर्दा ...
लिम्चुङबुङका अध्यक्ष राई गापा महासंघको केन्द्रिय सदस्य

लिम्चुङबुङका अध्यक्ष राई गापा महासंघको केन्द्रिय सदस्य

समाचार
पूर्णपुष्टि, उदयपुर, चैत १९ गते उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई गाउँपालिका राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा निर्बाचित भएका छन् । महासंघको दोस्रो महाधिवेशनबाट सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठको अध्यक्षताको ३७ सदस्यीय नयाँ कार्यसमितिमा राई केन्द्रिय सदस्य निर्बाचित भएका हुन् । सपथ ग्रहण र समापन लगत्तै भोली आफ्नो गाउँपालिकाको गुरुयोजना निर्माणार्थ हुन लागेको विज्ञसहितको बृहद कार्यशालाका लागि बाटो लागेको राईले बताएका छन् । तीनदिनसम्म काठमाडौंको बबरमहलमा सन्चालन भएको महाधिवेशनको नयाँ कार्यसमिति घोषणा कार्यक्रम त्रिपुरेश्वरमा भएको थियो । महाधिवेशनले स्थानीय तहको विकास, समृद्धिसंगै सिंगो राष्ट्र विकासमा टेवा पुर्याउने कार्यक्रमहरु गर्ने प्रतिबद्धतासहितको घोषणापत्रसमेत जारी गरेको जनाएको छ ।...
२१ औं सताब्दीकै ठूलो बुद्धमुर्ती र रामचन्द्र पण्डितको मुर्तीकथा (भिडियोवार्तासहित)

२१ औं सताब्दीकै ठूलो बुद्धमुर्ती र रामचन्द्र पण्डितको मुर्तीकथा (भिडियोवार्तासहित)

समाचार
भोटराज राई/उदयपुर, चैत १७ गते -नेपाली इतिहासको पानामा मुर्तीकृतिका चर्चित कलाकार अरनीको स्वर्णअक्षरमा नाम अंकित छ । त्यसपछिका समयहरुमा त्यस्ता नामहरु त्यतिधेरै नसुनिए पनि यतिबेला उदयपुरका एक युवाको काम चर्चा गर्न लायक छ । यतिबेला २१ सौं सताब्दीकै सबैभन्दा ठूलो बुद्धको मुर्ती अन्य तीन नेपाली कलाकारहरुका साथ जापानको एक पहरामा खोप्दै गरेका त्रियुगा नगरपालिका ६ का ३४ वर्षिय रामचन्द्र पण्डीतको मुर्तीकथा घतलाग्दो छ । डेडबर्ष अघिदेखि ६५ फिट अग्लो र २ सय फराकिलो, बुद्धमुर्ती निर्माण गर्दै गरेका यी कलाकारहरुको कला, काम र साधना भोलीका दिनमा इतिहासमा अंकित लायक छ । माटोको भाडाकुडा बनाउने, भगवानका मुर्तीहरु निर्माण गर्ने पुर्खौली पेशा भएको कुम्भकार पण्डित परिवारमा जन्मिएका पण्डित, सानैदेखि माटोमै रमाउने गर्दथे । सानैदेखि पढाईमा भन्दा मुर्तीकृति र चित्रकला, हस्तकलामा धेरै चासो दिनुहुन्थ्यो । “व्य...
सिडियोको आगमन (भिडियोसहित)

सिडियोको आगमन (भिडियोसहित)

समाचार
पूर्णपुष्टि उदयपुर, चैत १८ गते उदयपुरका नयाँ प्रमुख जिल्ला अधिकारीको आगमन भएको छ । गत सोमबारदेखि प्रजिअ विष्णुकुमार कार्की कार्यालयमा हाजिर हुनु भएको हो । आइतबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रजिअ कार्कीले जिल्लालाई शात, सुन्दर र सम्मानित बनाउन लागी पर्ने बताउनुभयो । उहाँले सबैको सल्लाह र सुझावको आधारमा अगाडी बढ्ने बताउनुभयो ।उहाँले मर्यादीत पत्रकारिताले मात्र विकास सम्भव रहेको भन्दै सूचनाको पहुँचमा कमी हुन नदिने बताउनुभयो । जिल्लाको समस्याहरुबारे जानकारी लिदै समाधानका लागि स्थानीय सरकारसंग समन्वय तथा पहल कदमी बढाउने र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरिएको पनि उहाँले बताउनुभयो । त्यसमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । भोजपुर घर भएका प्रजिअ कार्कीले उदयपुर बसिन्जेल उदयपुरलाई नै आप्mनो घर ठानेर काम गर्ने बताउनुभयो । विभिन्न जिल्लामा प्रजिअको कार्...
स्व. डा. राईको स्मरण गरियो (भिडियोसहित)

स्व. डा. राईको स्मरण गरियो (भिडियोसहित)

समाचार
पूर्णपुष्टि उदयपुर, चैत १८ गते -उदयपुरको सदरमुकाम गाईघाटको बजारको स्वरुप बनाउने र स्वास्थ्य, शिक्षा र समाजसेवामा विशेष योगदान पुर्याएका एक ऐतिहासिक व्यक्तित्वलाई आईतबार सम्झने काम भएको छ । स्व. डा. रणसेर राई स्मृति अक्षयकोषको आयोजनामा स्मारिका वितरण समारोह कार्यक्रममार्फत स्व. राईलाई सम्झिने काम भएको हो ।कार्यक्रमका सहभागिहरुले स्व. राईको योगदानको चर्चा गर्दै उहाँलाई सदा सम्झने र उहाँको योगदानको कदर हुने किसिमको काम हुनुपर्नेमा जोड दिए । स्व. राई समाजसेवी, शिक्षाप्रेमी, विकासप्रेमी, शाहसी, जीवनभर सक्रिय, इमान्दार, सहयोगी र परोपकारी रहेको कुरा उल्लेख गर्दै विशेषगरी स्वस्थ्य उपचारबाट धेरैको सेवा पुर्याएको उनीहरुले बताए । खोटाङमा जम्मिएका स्व. राई ब्रिटिस लाउरेमा चिकित्सा पढेर बीचमै देश फर्केका थिए । खोटाङ र उदयपुरमा सेवा पुर्याएका स्व. राईले दुबै जिल्लाबासीले सदा सम्झने योगदान गर...