Monday, April 20News That Matters

Month: ८ वर्ष अगाडि

दोस्रो दिनको खेलमा बारा विजय

दोस्रो दिनको खेलमा बारा विजय

खेलकुद, समाचार
एस् किराती पूर्णपुष्टि/चौदण्डिगढी , असोज २५ गते । उदयपुरको बसाहामा जारी सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप दोस्रो दिनको खेलमा बारा विजय भएको छ । चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा जारी सातौँ नारदमुनी गोल्ड कपका दोस्रो दिनको खेलमा आयोजक क्लव र बारा ११ विच खेल भएको थियो । दोस्रो दिनको खेलमा आयोजक बसाहा क्लव र बारा ११ युथ क्लव विचको खेलमा आयोजक टिमलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै बारा ११ युथ क्लव विजय भएको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । खेलको ५८औँ मिनटमा बारा ११ का जर्सी नं ८ लक्ष्मण चौधरीले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको राईले बताए । तेस्रो दिनको खेलमा ब्वाईज युनियन काठमाण्डौ र डिसिटी सुनसरी विच खेल हुने आयोजकले जनाएको छ ।  ...
पहिलो खेलमा विराटनगर विजय

पहिलो खेलमा विराटनगर विजय

खेलकुद, समाचार
एस् किराती पूर्णपुष्टि/चौदण्डिगढी , असोज २४ गते । उदयपुरको बसाहामा सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप सुरु भएको छ । चौदण्डिगढी नगरपालिका ४ को नारदमुनी रङ्गशालामा बुधबार देखि सातौँ नारदमुनी गोल्ड कप सुरु भएको हो । बसाहा क्लवको आयोजनामा भएको सातौँ गोल्डकपको उद्घाटन खेलमा विराटनगर ११ ले चर्च ब्वाईज काठमाण्डौलाई जिरोका विरुद्ध एक (०–१) गोलले पराजित गर्दै विराटनगर ११ मोरङ्ग विजय भएको थियो । खेल सुरु भएको ५९ औँ मिनटमा विराटनगर ११ का जर्सी नं ९ विरेन्द्र लिम्बुले एक गोल गरि सेमिफाईनलमा प्रवेश गरेको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । खेलमा विराटनगर ११ का लिम्बुले म्यान अफ द म्याच उपाधिको साथ चौदण्डिगढी नगरपालिका मेयार खगेन्द्र राईबाट २ हजार नगद सहित स्र्पोट सुज समेत प्रदान गरेको आयोजक अध्यक्ष राईले बताए । गोल्डकप असोज २४ गते बाट सुरु भई ३० गते फाईलन हुने खेलमा प्रथम पुरस...
निर्मला र दिलको जुवा गित

निर्मला र दिलको जुवा गित

मनोरञ्जन, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ गते । दशैँ तिहारको उपहार स्वरुप दुई गायक गायिकाले श्रोता दर्शकको लागि म्युजिक भिडियो बजारमा ल्याएको छ । गायिका निर्मला घिसिङ र गायक दिल तामाङको “जुवा त खेल्ने चौकामा....” बोल गितका म्युजिक भिडियो भर्खरै बजारमा आएको हो । तामाङ रितिरिवाज तथा संस्कृतिलाई झल्काउने खाल्को म्युजिक भिडियोमा प्रख्यात डान्स ग्रूप भिमफेदी गाईज र मोडल निरन्जली लामाको उत्कृष्ट अभिनयमा रहेको छ । सुन्दर नगरि भिमफेदिमा छायांकन भएको भिडियोको दिल तामाङको शब्द रचना तथा बरिष्ठ संगितकार चन्द्र कुमार दोङको संगित रहेको छ । म्युजिक भिडियोमा तामाङ समुदायको विवाह, वर्तबन्ध, संस्कार, सस्कृति लगायतका मौलिकता उतारिएको गायिका निर्मला घिसिङले बताईन् ।...
प्राकृतिक ताजमहल र दरबार फेला -भिडियोसहित

प्राकृतिक ताजमहल र दरबार फेला -भिडियोसहित

समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २१ गते । उदयपुरमा प्राकृतिक ताजमहल र दरबार फेला परेको छ । त्रियुगा नगरपालिका वडा नंं १६ को शाहीखोलामा विभिन्न आकृति र आकर्षणले भरिएको प्राकृतिक ताजमहल र दरबार फेला परेको हो । बर्षौ पुरानो उक्त ठाउँको प्राकृतिक ताजमहल र दरबारलाई बुढापाकाहरुले बनमान्छेको दरबार भन्ने गरेको स्थानीय बृद्ध श्रीमान दनुवारले बताउनुभयो । हेर्नका लागि ज्यादै आकर्षक र हतपत्ति नभत्किने कसिलो र बलियो आकृतिहरु बर्षातको पानीले बनाएको स्थानीयको अनुमान छ । विभिन्न रङ र तहका कसिलो माटाका कारण बर्षातको पानीले आकार निकालेको हुनसक्ने उनीहरु बताउछन् । आकारहरु कुनै प्रख्यात सिपालु कलाकारले बनाएभन्दा कम छैन । त्यहाँको सिंगो आकृत ढिस्कोलाई हेर्ने हो भने विश्वप्रख्यात ताजमहलको झलक आउने भएकाले स्थानीयले प्राकृतिक ताजमहल भनेर नामाकरण गरेका हुुन् । खासगरी त्याँहाका दुईवटा ढिस्कामा एउटाले ताजमहल र अर्क...
मैत्रिपुर्ण खेलमा पत्रकार संघ विजय

मैत्रिपुर्ण खेलमा पत्रकार संघ विजय

खेलकुद, समाचार
पूर्णपुष्टि/उदयपुर, असोज २० गते । उदयपुरमा भएको एक मैत्रिपुर्ण फुटबल खेलमा पत्रकार संघले विजयी हासिल गरेको छ । उदयपुर जेसीजको आयोजनामा भएको जेसीज र पत्रकार संघ विचको खेलमा ०–१ ले पत्रकार संघले जित हात पा¥यो । गाईघाटको बरुवा क्यम्पसको खेल मैदानमा भएको खेलको सुरुवाती १० औँ मिनटमा पत्रकार संघको तर्फबाट विजय राईले गोल गरेको थियो । सोही गोल नै अन्तत जितको निर्णायक गोल बन्न पुगेको थियो । ५० मिनटको निर्धारीत खेलमा पत्रकार संघको तर्फबाट १ गोल गरेको थियो भने जेसीजको तर्फबाट गोल गर्ने प्रयास गरेपनि पत्रकारले विफल पारेको थियो । विजयी हुने टिमलाई गोल्ड म्याडल र प्रमाण पत्र प्रदान गरेको थियोे ।...
२४ गते देखि सातौँ नरदमुनी गोल्डकप

२४ गते देखि सातौँ नरदमुनी गोल्डकप

खेलकुद, समाचार
एस् किराती पूर्णपुष्टि/चौदण्डिगढी, असोज २० गते । उदयपुरको बसाहामा सातौँ चौदण्डिगढी नारदमुनी गोल्ड कप हुने भएको छ । चौदण्डिगढी नगरपालिका वडा नं ४ को नारदमुनी रङ्गशालामा बुधबार देखि सातौँ नारदमुनी गोल्ड कप हुने भएको हो । बसाहा क्लवको आयोजनामा हुन लागेको सातौँ गोल्डकपमा ८ टिमले खेलमा भाग लिने अयोजकले जनाएको छ । बुधबार देखी सुरु हुने गोल्डकपको उद्घाटन खेलमा विराटनगर–११ मोरङ्ग र चर्च ब्वाईज युनाईटेड काठमाण्डौँ विच खेल हुने बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । गोल्डकप असोज २४ बाट सुरु भई ३० गते फाईलन हुने भएको छ । भने प्रथम पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित ३ लाख नगद र द्धतिय पुरस्कार गोल्ड म्याडल, प्रमाण पत्र सहित १ लाख ५० हजार नगद रहेको राईले बताए ।...
एकाएक हराएका टम्पसेर, यस्तो अवस्थामा देखिए -(भिडियोसहित)

एकाएक हराएका टम्पसेर, यस्तो अवस्थामा देखिए -(भिडियोसहित)

मनोरञ्जन
पूर्णपुष्टि/उदयपुर, असोज २० गते । एकाएक उदयपुरबाट गायव युवा टम्पशेर राई काठमाडौंमा टुप्लुक्क भेटिए । पछिल्लो समय विभिन्न सांगीतिक कोसेलीका साथ मिडियामा उदाउदै गरेका उनी जति व्यस्त देखिए, त्यति उत्साही पनि । काठमाडौं पसेको दुई महिनाको छोटो समयमै दर्जनौ गीत र भिडियोहरु प्रस्तुत गरिसकेका उनको काठमाडौं र सांगितिक क्षेत्रको अनुभूति गज्जव सुनाए । राजेश पायल राई, दिपक लिम्बु, मौसमी गुरुङ, रुपकुमार राई, मेलिना राई लगायतका लोकप्रीय र स्थापित गायकहरुका लागि गीत कम्पोज गर्नसम्म भ्याईसकेका उनले चर्चीत तथा स्थापित मोडेलहरु पुस्पल खड्का, रिमा विश्वकर्मा, अस्मिता राई, कमलसिंह ठकुरी, सुस्मा कटुवाल लगायतसंग काम गरिसकेका छन् । सायद नेपालको राम्रो कान्छो कम्पोजर भन्दा खासै फरक नपर्ने उनको कम्पोजप्रति विशेष धारणा पनि रहेछ । भविष्यमा राम्रो संगीतकार बन्ने लक्षका साथ मेहनत गरिरहेको उनले बताए । सक...