Thursday, August 6News That Matters

Month: ८ वर्ष अगाडि

ट्याक्टर दुर्घटनामा तीनको मृत्यू

ट्याक्टर दुर्घटनामा तीनको मृत्यू

समाचार
उदयपुर/कात्तिक २५ गते । उदयपुरको बेलकामा बनभोज खाएर फर्केको ट्याक्टर दुर्घटना हुदा तीनको मृत्यु भएको छ । बेलाका नगरपालिका ८ स्थित रङगमहल उकालकोमा स १ त ५८५० नम्बरको ट्याक्टर दिउँसो ४ः३० बजे दुर्घटना हुदा तीनको मृत्यु ३४ जना घाईते भएको हो । सप्तकोशीमा बनभोज (पिक्नीक) खाएर फर्कने क्रममा धरान चतरा गाईघाट सडक खण्ड रङगमहलको घुम्तिमा ट्याक्टर दुघटना हुदा बेनपा २ भाकलपुरका १९ वर्षीय बिनिता चौधरी, २० वर्षीय ईन्द्रा चौधरी र २० वर्षीय दिपिका चौधरीको मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय रामपुर प्रमुख प्रहरी निरीक्षक नविन कुमार सिंहले बताए । ३४ जना घाईतेहरुको उपचार विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।...
धनराम उदयपुरको पहिलो पुष्प कृषक तथा व्यवसायी

धनराम उदयपुरको पहिलो पुष्प कृषक तथा व्यवसायी

समाचार
उदयपुर, कात्तिक १९ गते त्रियुगा नगरपालिका ८ खाटमन्दीर बाघचौरीका धनराम दनुवार उदयपुर जिल्लाकै पहिलो पुष्प कृषक तथा व्यवसायी बनेका छन् । जिल्लामै पहिलो पुष्प कृषकको रुपमा गतसालदेखि फुलखेती थालेका उनले तिहारका लागि चार कठ्ठा जमिनमा सयपत्री फुल उत्पादन गरेका छन् । उक्त फुलबाट थप राम्रो आम्दानी हुने भएको छ । सामान्य तरकारीखेती गर्दै गरेका दनुवारले गएको दुईवर्षअघि गाईघाट बजारबाट फुलको माग भई पन्ध्रमाला लगेका थिए । त्यसबाट पाएको पैसा नै उनका लागि फुलखेतीको प्रेरणा बनेपछि गतसाल हुदै यसवर्ष अझ बढि खेती गरेका हुन् । उनी आगामी वर्षका लागि थप उत्साहित बनेका छन् । ढकमक्क सयपत्रीले चारकठ्ठा जमिन सजिसजाउ छ । सयपत्रीलाई तिहारमा चेलीले माइतीको गलामा सजाउने माला मध्येको उत्कृष्ठ फुल मानिन्छ । अन्य फुलको दाँजोमा बजारमा सयपत्री फुलको माला माग हुने गरेको छ । तिहारका लागि घरघरमा फुलको उत्पादन सामान्य र...

नगद ३ लाखसहित १० जुहाडे पक्राउ

समाचार
उदयपुर, कात्तिक २२ गते । तीन लाख बढि नगद सहित १० जना जुहाडेलाई बिहीबार उदयपुरको चौडण्डिगढी नगरपालिका ५ सुन्दरपुर सिवाइबाट प्रहरीले बिहान पक्राउ गरेको छ । नगद ३ लाख ४ हजार ७ सय १५ रुपैँयासहित एक काठ मिलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा छापामार्दा प्रहरीले जुहाडे पक्राउ गरेको हो । पक्राउ पर्नेमा चौडण्डिगढी नगरपालिकाका सन्तोष मगर, होमबाहदुर राउत, सुजन अधिकारी, महेश राउत, बेलका नगरपालिकाका बिष्णु श्रेष्ठ र सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरका बिनोदकुमार चौधरी, दिपक कार्की, आलोक राई, सन्तोष चौधरी र शंकर बस्नेतलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बेल्टारका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए । नगद, एक सेट कौडा र २० बुक तास र एक थान गलैचा पनि पक्राउ गरिएको पौडेलले जानकारी दिए । जुहाडेलाई इलाका प्रहरी कार्यलयले नियन्त्रणमा लिइ आवश्यक कारबाही अगाडि बढाएको जनाइएको छ ।...
प्रहरीद्धारा पटेका नष्ट

प्रहरीद्धारा पटेका नष्ट

समाचार
उदयपुर/कात्तिक २१ गते । उदयपुरमा तिहारको लागि भित्र्याईएकोे विष्फोटक बस्तु (पटेका) प्रहरीले जफत गरिएको नष्ट गरेको छ । विभिन्न ठाउँमा चेक जाँच र बजारबाट जफत गरिएको पटेका जिल्ला प्रहरी कार्यालय उदयपुरले बुधबार नष्ट गरेको हो । सदरमुकाम गाईघाट आउने गाडी चेक जाँच गर्दा फेला परेको र बजारमा भित्रिएको पटेका जफत गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । गाईघाट भित्रिन लागेको र बजरमा भेटिएको नागीन बम १४ बन्डेल, चक्लेट बम ५ डब्बा, मुगा छाप लेखिएको बम ४ प्याकेट, पूmलझरी २ प्याकेट, झिरझिर १० बन्डेल, रकेट बम २ बन्डेल र घिर्नी बम २ डब्बा पटेका प्रहरीले जफत गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुख प्रहरी उपरिक्षक चन्द्रदेव राईले बताए । चाडवाड सब्य र भब्य बनाउन प्रहरीले कुनै किसिमको मानविय क्षती तथा उक्ष्रीङखल गतिविधि हुन नदिनको लागि विष्फोटक बस्तु...
सहायक वन अधिकृत घुसहित रंगेहात पक्राउ

सहायक वन अधिकृत घुसहित रंगेहात पक्राउ

समाचार
उदयपुर/कात्तिक १८ गते । उदयपुरका सहायक वन अधिकृत आईतबार ६० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास महोत्तरीको टोलीले सवडिभिजन कार्यालय नेपालटारका प्रमुख (सहायक वन अधिकृत) सत्यनारायण साह (रौनीयार)लाई सम्र्पक कार्यालयबाट घुससहित पक्राउ गरेको हो । डिभिजन वन कार्यालय त्रिवेणी कटारी मातहतको कार्यालय नेपालटारका प्रमुख रहेका साहलाई कार्यक्षेत्रभित्रका एक सेवाग्राहीलाई घाटगद्दीमा राखिएको काठको सेटिङ मिलाई दिने भन्दै सदरमुकाम गाइघाटस्थित सम्र्पक कार्यालयमा रकम लिदै गरेको अबस्थामा टोलीले पक्राउ गरेको हो । कार्य क्षेत्रभित्रका आधा दर्जन सामुदायिक वनका विक्रीका लागि घाटगद्दीमा राखिएका काठहरु प्रकृया पुरा नभएकोले मिलाई दिने भन्दै प्रत्येकसँग रकम माग गर्नेक्रममा पहिलो सेवाग्राहीसँग लिदालिदै उनी पक्राउ परेका हुन् । सेवाग्राहीले भने सबै पकृया पुरा गरी र...

गोले परिवारको भयो विचल्नी

समाचार
विक्रम राई/उदयपुर, कार्तिक १२ गते एउटा सामान्य सर्वसाधारणले आप्mनो रगत पसिनाको कमाईबाट जोडेको घरजग्गा थाहै नपाई खोसिन्छ भने उसका लागि त्यो भन्दा अन्याय अरु हुदैन । उदयपुरमा एक सर्बसाधारणमाथि यस्तै अन्याय भएको छ । त्यो पनि राज्यकै निकायबाट भएको हो । जिल्ला नापी र मालपोत कार्यालयले कुनै पनि हिसावले पर्दै नपर्ने मुल सडकभन्दा करिब ६ सयमिटर माथिको जग्गा सडकको नाममा पारिदिएपछि त्रियुगा नगरपालिका वडा नं. ४ का मोहन गोलेको परिवार घरबारविहिन भएको छ । श्रीमती आशामाया तामाङको नाममा रहेको घरसहितको एक कठ्ठा जमिन थाहै नपाई आजभन्दा १२ वर्षअघि गाईघाट–कदमाहा सडकको नाममा पास भएपछि गोले परिवार सुकुम्बासी भएको छ । मालपोत र नापीले गम्भीर गल्ती भएको स्विकार गरेका छन् । सडकको मध्येबीन्दुबाट दायाँबायाँ २५÷२५ मिटरको जग्गा सडकको नाममा लागतकट्टा गर्नुपर्नेमा तत्कालिन नापी र मालपोतका कर्मचारीको चरम लापरवाही व...