Friday, August 7News That Matters

Month: ८ वर्ष अगाडि

मदन भण्डारी राजकार्मको पिच बनाउने काम मापदण्ड विपरित ः आर्थिक चलखेलको आरोप

मदन भण्डारी राजकार्मको पिच बनाउने काम मापदण्ड विपरित ः आर्थिक चलखेलको आरोप

समाचार
उदयपुर, माघ २१ गते । राष्ट्रिय गौरबको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गको उदयपुरको सदरमुकाम खण्डमा हुदै गरेको निर्माण कार्य मापदण्ड विपरित भएपछि स्थानीयले विरोध जनाएका छन् । त्रियुगा नगरपालिका–७ चुहाडे क्षेत्रमा आजबाट सुरु सडक कालोपत्रेको काम चौडाई ११ मिटर हुनुपर्नेमा १० मिटरमात्र भएपछि स्थानीयले विरोध जनाएका हुन् । विगतमा स्थानीयसंग जग्गा लिँदा र आयोजना संझौतामै सरकारले ११ मिटर कालोपत्रे गर्ने भनेकामा स्थानीयको आँखाछल गर्दै सडक आयोजना र ठेकेदार कम्पनी जेडआईइसी, शर्मा लामा जेभी कन्ट्रक्सनले मापदण्ड विपरित काम गरेको हो । चुहाडे चोक आसपासमा करिब १५ सय मिटर सडकमा यस्तो हर्कत देखिएको हो । त्यस क्षेत्र बाहेकका ठाउँमा ११ मिटरको काम हुने तर आप्mनो ठाउँमा १० मिटरमात्र भएपछि स्थानीयको चित्त नबुझेको हो । उनीहरुले ११ मिटर नै कालोपत्रे नभए आन्दोलन गर्ने स्थानीय राजश कार्कीले बताए ...
शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु

शान्तिलाई उपचार खर्च सहयोग जुट्न सुरु

समाचार
उदयपुर, माघ २० गते । उदयपुरका त्रियुगा बोक्से नयाँबस्तीकी बोनम्यारो पिडित शान्ति राईलाई विष्णुकुमार राईको पहलमा केहि सहयोग जुटेको छ । त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्ती निबासी २१ वर्षीय पिडित शान्तिको उपचार खर्चका लागि केहि सहयोग जुटेको हो । विष्णुकुमार राईको विशेष पहलमा उठेको रकम पिडित शान्तिकै घरमा पुगी शान्ति राई बचाउ अभियान समितिको अध्यक्ष ज्ञान बहादुर राई, कोषाध्यक्ष प्रेम कुमार राई, नेपाल पत्रकार महासंघ उदयपुर शाखा उपाध्यक्ष भोटराज राई, युवा समाजसेवी विष्णुकुमार राईले संयुक्त रुपमा ५५ हजार २ सय ५ रुपैया रकम हस्तान्तरण गरेको थियो । चिने जानेका साथी भाईहरुलाई शान्तिको लागि सहयोगको अनुरोध गर्दा विदेशबाट पहल गरि सहयोग गर्नेहरुमा नवराज राई त्रिनपा १४ निबासी हाल दुवाई २३ हजार ९ साय १७ रुपैया, दिनेश मगर त्रिनपा १४ निबासी हाल कोरीया १२ हजार, खिलराज राई रौतामाइ गाउपालिका वड...
निको भए शिक्षिका बनेर देशको सेवा गर्ने : बोनम्यारो पिडित शान्ति

निको भए शिक्षिका बनेर देशको सेवा गर्ने : बोनम्यारो पिडित शान्ति

समाचार
उदयपुर, माघ २० गते । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीकी शान्ति राई बिमारीले थलिएको धेरै भयो । भविष्यमा राम्रो शिक्षिका बनेर सेवा गर्ने लक्ष बोकेकी शान्ति, गरीबीका कारण उपचार गराउन नसकेपछि पिडा खपेर घरमै बसिरहेकी हुन् । उनी विमारका कारण धापिएर काम गर्न र धेरै हिड्डुल गर्न नसक्ने विरामी शान्ति राईले बताईन् । शान्तिको अझै पनि शिक्षिका बनेर देशको सेवा गर्ने धोको मरेको छैन । निको भए भने एक असल शिक्षिका बनेर देशको सेवा गर्ने विरामी राईले बताईन् । कक्षा १२ मा पढ्दै गरेकी २१ बर्षिया शान्तिलाई गएको असारमा ज्वरोले थल्यायो । जिल्लादेखि काठमाडौंका ठूला अस्पतालहरुमा चेकजाँच गर्दा रक्त अल्पता भई बोनम्यारो नै फेर्नुपर्ने समस्या पत्ता लागेको छ । काठमाडौंको टिचिङ हस्पिटलले उनको रोग पत्ता लगाएको हो । सो अस्पतालका हेमोटोलोजिष्ट डाक्टर अन्जन श्रेष्ठले उक्त रोग पत्ता लगाएका थिए । ...