बेलकामा धुमधाम मनाए धान दिवस
जयराम पूर्वछाने मगर
उदयपुर, असार १५ गते ।
देशै भर मनाईएका १६ औँ राष्ट्रिय धान दिवस बेलकामा विभिन्न कार्यक्रम गरी धुमधामले मनाईएको छ । बेलका नगरपालिका – ९ पान्धारेमा सामुहिक धान रोपाई र उत्कृष्ठ कृषकहरुलाई पुरस्कृत गरेर दिवस मनाएको हो ।
“धान खेतीमा प्रविधि र यान्त्रिकरण, चामल आयातमा न्यूनिकरण” भन्ने मुल नाराको साथ पालिकाले स्थानिय उत्पादनमा बृद्धि गर्ने लक्ष्यका साथ रोपाई र पुरस्कार वितरण गरेको पालिकाले जनाएको छ । आयातित खाद्य कम गर्नका लागि स्थानिय धान उत्पादनमा बृद्धि गरि धानबाट आत्मनिर्भर हुनका लागि उक्त कार्यक्रम गरेको पालिकाले जनाएको छ ।
पालिका र राष्ट्रिय कृषक महासंघ बेलकाको सयुक्त आयोजनामा सामुहिक धान रोपाई र कृषकहरुलाई सम्मान गरिएको हो । स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ७ जना व्यक्ति र ४ सामुहिक फामलाई पुरस्कार वितरण गरिएको वडाध्यक्ष मोहन घिमिरेले बताए ।
पशु...








