Monday, April 20News That Matters

Month: ७ वर्ष अगाडि

मासबेसमा खिर कार्यक्रम सम्पन्न

मासबेसमा खिर कार्यक्रम सम्पन्न

समाचार
उदयपुर, साउन १५ गते । साउन १५ को अवसरमा आज गाईघाटमा खिर खाने कार्यक्रम भएको छ । मासबेस उदयपुरको आयोजनामा खिर खाने कार्यक्रमको आयोजना भएको हो । हाम्रो समाजमा साउन १५ लाई खिरखाने दिन अर्थात पर्वको रुपमा मान्दै आएको छ । मासबेसको आफ्नै हलमा आयोजित कार्यक्रममा अधिकारकर्मी तथा अभियानकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुबीच शुभकामना आदानप्रदान गर्नुका साथै खिर वितरण भएको मासबेस अध्यक्ष नजबुल खान (निलम) ले बताइन् । पर्वको अवसर पारेर आयोजना गरेको कार्यक्रममा शुभकामना आदानप्रदान गुर्नका साथै खिर खाने खाईएको थियो ।...

मिर्चैया–कटारी–घुर्मी सडकखण्ड आगामी वर्ष भित्रमा कालोपत्रे हुने

समाचार
ऋषि राई साउन १५ गते । सरहाको मिर्चैयादेखि उदयपुरको कटारी–घुर्मी सडकखण्डलाई आगामी वर्ष भित्रमा कालोपत्रे हुनेगरी स्तरउन्नती गरिने भएको छ । पूर्व साँसद रामहरी खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमा आज गएको डेलिगेसनलाई आगामी वर्ष भित्रमा राष्ट्रिय राजमार्गको रुपमा विकास गर्ने गरी काम थालिने मन्त्रालयका सचिव देवेन्द्र कार्कीले प्रतिवद्धता जनाएको छ । गएको असारमा गएको पहिरोको कारण अवरुद्ध सडकखण्ड आजदेखि सामान्य मोटरसाईकल र साना सवारीसाधन आउजाउ गर्नसक्ने अवस्थामा आएको मन्त्रालयका सचिव कार्कीले बताएको पनि पूर्व साँसद खतिवडाले बताए । खतिवडाले उक्त सडक ओखलढुंगा , सोलुखुम्बु र खोटाङ्को ढोका रहेको बताउँदै जुनसुकै बजेटबाट भएपनि काम हुने गरी काम थालिने कार्कीले प्रतिवद्धता जनाउनुभएको बताए । दसैंसम्ममा पनि प्रकृया अगाडी नबढे सडक डिभिजन र मन्त्रालयमा तालाबन्दी गर्ने गरी आन्दोलन गर्नुपर्ने अवस्था...
सर्वसाधारणलाई सैनिक पोशाक प्रयोगमा कडाई

सर्वसाधारणलाई सैनिक पोशाक प्रयोगमा कडाई

समाचार
साउन १५ गते । सर्वसाधरणले नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा प्रयोग गर्न थालेकाले नियमन थालिएको छ । सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढ्दै गएकाले सेना बाहेकका अन्य व्यक्तिलाई उक्त पोशाक प्रयोग गर्न नपाउने व्यवस्था गृह मन्त्रालयले लागू गरेको हो । नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ वटा जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ । वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको हो ।...
मेरो देशको हस्पिटल अनि जापानको…

मेरो देशको हस्पिटल अनि जापानको…

बिचार, स्वास्थ्य
मुकेश राई, हाल जापान भरखरै भोटराज सरको एभिन्यूज रिपोर्टमा उदयपुर जिल्ला अस्पतालको दुरदशा हेरें । त्यसै नौनारी गलेर आयो । म यतिबेला जापानमा छु । भोली फर्केर म पनि त यही ठाँऊ (नेपाल) मा जाने हो । म पनि त बिरामी हुन्छु परिवारको सदस्य विरामी हुन्छन् साथी भाई बिरामी हुन्छन् । के म त्यो झन्झट र त्यो दशा भोग्न सक्छु किनकी एक प्रकारले मेरो  त्यो बानीहरु छुटी सकेको छ । अनि यहाँको बानीभित्र म लगभग रमाउन थाली सकेको छु । तरपनि मैले फर्कनु छ किनकी म हुर्केको समाज, साथी सँगी, मेरो भोगाईहरु, अनुभवहरु अझ भनौं मेरो ऊर्वर समय मैले त्यही ब्यतित गरें र म फेरि फर्केर आउँछु भन्ने मेरो मनोसङ्कल्प पनि थियो, छ । फेरि देस सम्झन्छु, अत्यास लागेर आउँछ । यहाँको भोगाईहरु त्यसैत्यसै मीठो ईर्ष्या लाग्छ । म  यहाँको सरकारी कार्यलय, हस्पिटल, सार्वजनिक ठाँऊहरु, बस र ट्रेनको यात्रा सबै ठाँऊमा केही पनि त्यस्तो सुधार गर्न...
खड्का मृत अवस्थामा फेला

खड्का मृत अवस्थामा फेला

समाचार
मोरङ, साउन १५ गते । मोरङको बेलबारीमा एक जना मृत अवस्थामा फेला परेको छ । बेलबारी नगरपालिका – ५ धोकादार निबासी ६० वर्षीय भिमबहादुर खड्का मृत अवस्थामा फेला परेको हो । दिउँसो करिब पौने २ बजे बेनपा – ९ भाक्का चौकको पैनीमा खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउँना साथ प्रहरी टोली घटना स्थल पुगी कानुनी प्रक्रिाय पुरा गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।...
पर्यटन मन्त्रिमा नियुक्त भट्टराई

पर्यटन मन्त्रिमा नियुक्त भट्टराई

समाचार
साउन १५ गते । नेपाल कम्युनिष्ट पार्नीका नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रिमा नियुक्त गरिएको छ । गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्रि रविन्द्र अधिकारीको मृत्यु भएपछि बुधबार भट्टराईलाई नियुक्त गरिएको हो । तत्कालिन पर्यटन मन्त्रि अधिकारी हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उक्त मन्त्रालय प्रधान मन्त्रि केपि शर्माओलीले सम्हाल्दै आएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ ग्रहन गराईएको छ ।  ...
ईपीजीको प्रतिवेदन बुझ्न मानेन मोदी

ईपीजीको प्रतिवेदन बुझ्न मानेन मोदी

समाचार
साउन १५ गते ।  सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेको ७० पुगेको छ । नेपालका लागि असमानीत र विवादको घेरामा रहेको नेपाल भारत विच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गरेको ७० पुगेको हो । सन् १९५० को सन्धिलाई प्रतिस्थापन गर्ने गरी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्न नमानेका हो । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भएपछि ३१ जुलाई १९५० मा नेपाल र भारत विच शान्ति तथा मैत्री सन्धि भएको थियो । समान सन्धी भन्दै नेपाल कम्युनिस्ट पार्टीले ७० वर्षअघि नै खारेजीको माग गरेको थियो । अहिले त्यही पार्टी सरकार भएको बेला उक्त सन्धि परिमार्जनको प्रस्ताव दुवै देशका प्रधानमन्त्रीलाई बुझाइने चरणमा छ । यस सन्धिको पुनरावलोकनका प्रस्ताव पहिलो पटक नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा भारत भ्र...
चिल्लो कुरा गर्न नजान्ने कंगना

चिल्लो कुरा गर्न नजान्ने कंगना

मनोरञ्जन
साउन १५ गते । चिल्लो कुरा गर्न नजान्ने कंगना अर्थात कन्टोभर्सी क्विन विवादको घेराबाट बाहिर निस्क नै सक्दैनन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्न नजानेकै कारण कतिपयले कंगनालाई नरुचाएको हो । अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव परिवर्तन नहुने र बनावटी जीवन बाँच्नुमा विश्वास नगर्ने, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्न कति पनि बाकि नराख्ने धारणा व्यक्त गरेका छन् । उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ । प्रसस्त काम पाइरहेकी कंगनालाई यस्ता कुराको कंगनलाई कुनै मतलव छैन । आजसम्म जती पनि काम गरिरहेको फिल्महरुमा उनी स्वयं नै हीरो हुन् । उनले निर्वाह गर्ने भूमिका पनि प्रभावकारी हुन्छ र अरु अभिनेत्रीहरु भन्दा उत्कृष्ट पनि छ । ठूला अभिनेताहरुको फिल्ममा केवल शो–पीसको रुपमा मात्र देखा पर्छन् । यसरी खुलेर बलिउडका ठूल–ठूला सेलिबे्रटी...
२९ औँ सहित दिवसको अवसरमा रक्तदान

२९ औँ सहित दिवसको अवसरमा रक्तदान

समाचार
  गाईघाट /साउन, १५ २९ औँ स्मृति सहित दिवसको अवसरमा बुधबार  गाईघाटमा रक्तदान कार्यक्रम भएको छ । नेपाल निजामति कर्मचारी संगठन र राष्ट्रिसेवक बहुउद्देश्ीय सहकारीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । हरेक सहित दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको यस संगठनले मानिसको जिवनको महत्व दिदै क्तदान गरिएको नेपाल निजामति कर्मचारी संगठनका सचिव गणेश प्रसाद आचार्यले बताए । रक्तदान जिवन दान भन्दै बिषेश गरी स्मृतिको अवसरमा रक्तदान कार्यक्रमलाई अघि सारिएको आचार्यले बताए । बिहान बिधिगत रुपमा औपचारिक कार्यक्रम गरी दिउँसो रक्तदान कार्यक्रम गरिएको हो । हरेक साउन १५ गते नेपाल निजामति संगठनले यस स्मृति दिवसलाई मनाउँदै आइहेका छन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुले रक्तदान गरेको छ भने किरब ९० जनाले रक्तदान गरेको आचार्यले बताएको छ ।  ...
साफ च्याम्पियनसिपमा नेपालको पहिलो खोल भारतसँग

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खोल भारतसँग

खेलकुद, समाचार
साउन १५ गते ।  यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेल नेपालले भारतसँग खेल्ने भएको छ । साफ च्याम्पियनसिप खेलको पहिलो खेल अगष्ट २१ मा नेपालले भारत सँग खेल्ने भएको हो । कल्यानी रंगशालामा संचालन हुने खेलमा नेपालले दोस्रो खेल अगष्ट २३ मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । अगष्ट २७ मा तेस्रो खेल बंगलादेशसँग खेल्ने नेपालले अन्तिम खेल भुटानसँग अगष्ट २९ तारिखमा खेल्नेछ । फाईनल खेल अगष्ट ३१ तारिखमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघले मंगलबार  खेल तालिकाको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगितामा पाँच देशको फुटबल टिमले सहभागिता जनाउने छ ।...