ट्रकले खोस्यो सधैको लागि दिदि भाईको तिहार, दुर्घटनाकै दिन भाईको मृत्यु, घम्भीर घाईते दिदिको पनि मृत्यु

पूर्णपुष्टि, कार्तिक २२
सुर्खेत भेरीगंगा नगरपालिका–१२ की रानी राना मगर र उनकी भाई रविन राना मगरको जिन्दागीभरीकै लागि तिहार अधुरो हुन पुगेको छ । दुर्घटनामा परि दिदि भाईले ज्यानै गुमाउनु परेको छ । कार्तिक १८ गते मिनि ट्रकले दिदि भाई सवार स्कुटरमा ठक्कर दिएपछि भाई रविनको घटना स्थलमै ज्यान गयो भने दिदि घम्भिर घाईते भई अस्पतालमा उपचारत थिईन् । तर दिदि रानीको पनि आईतबार कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

रविन ४ बर्ष अगाडी मात्र नेपाल आर्मिमा जागरि लागेको थिए । उनले पहिलो पटक दिदिलाई तिहारको सपिङमा लिएर जाँदै थिए । बिहीबार छिन्चुबाट सुर्खेततर्फ तिहारको लागि किनमेल गर्न आउन लागेका रानी र उनका भाइ रविन रानामगर सवार स्कुटरलाई मिनी ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा परी रविनको घटनास्थलमै मृत्यु भएको थियो भने रानी घाइते थिइन् । उनको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।बिहीबार दिउँसो पौने १ बजेतिर दिदी(भाइ कर्णाली प्रदेश ०२०० प ७६६९ नम्बरको स्कुटरलाई जुम्लाबाट नेपालगञ्जका लागि गइरहेको कर्णाली प्रदेश ०२–००१ प ०१२४ नम्बरको ट्रकले वीरेन्द्रनगरनजिक पर्ने व्युरेनीमा ठक्कर दिएको थियो। स्कुटर रविनले चलाएका थिए। उनकी दिदी रानी पछाडि बसेकी थिइन्। दिदीभाइको मृत्यु भएपछि स्थानीयले छिन्चु बजार बन्द गरेका छन्। सोमबार दिउँसोदेखि सुर्खेत(नेपालगञ्ज सडक खण्ड र बजार बन्द गरेको प्रहरीले जनाएको छ।

स्थानीयले उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गरेको डिएसपी घर्तीले बताए। उनका अनुसार दुर्घटना हुनासाथ फरार भएका चालक अहिलेसम्म पनि फरार छन्। उनको खोजीकार्य भइरहेको डिएसपी घर्तीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0