उदयपुरका युवा : जो अमेरीकाको सरकारी जागिर र ३ ओटा घर छाडेर आफ्नै ठाउँमा पौरख गर्न फर्किए

पूर्णपुष्टि, मंसिर २२
उदयपुरका एक युवाले अमेरीकाको सरकारी जागिर र सुविधा सम्पन्न घर छाडेर आफ्नै देश मातृभूमीमा पौरख गर्न फर्किनु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१० बोक्सेका प्रज्वल अधिकारीले अमेरीकाको राम्रो कमाई छाडेर आफ्नै ठाउँमा पौरख गर्न थाल्नुभएको हो । पढाईपछि कामको सिलसिलामा अमेरिकाको वोस्टन शहरको हुलाक कार्यालयमा सरकारी जागिर खाने अधिकारीले आज आफ्नै ठाउँमा पौरख गर्न थाल्नुभएको छ ।
अधिकारीले अमेरीकामा राम्रो कमाई मात्र हैन उतै घर पनि जोड्नु भयो । श्रीमतीसमेतको नर्सको जागिर थियो । यी सबै छाडेर अधिकारी परिवारका साथ आप्mनै ठाउँमा केही गर्न आउनु भएका हो । मातृभुमी र नेपाली संस्कृतिको मायाका कारण उहाँ अफ्नै जन्मभूमी र्फकनु भयो । उहाँ अमेरिकामा सन् २०१२ मा गए लगत्तै जागिरमा लाग्नु भएको थियो ।

अमेरीकामा जे जस्तो थियो, सबै सुनौलो अवसरको रुपमा थिए तर, पैसा, सुविधा मात्र ठूलो कुरो हैन रहेछ, मातृभुमी र नेपाली संस्कृति ठूलो रहेछ अधिकारीले बताउनुभयो । त्यसैले आप्mनै ठाउँमा पौरख गर्ने निर्णय लिएर फर्किएको उहाँले बताउनुभयो ।
उहाँ, चिल्ड्रेन फनपार्क, जीप लाईन, पिङ र पार्टीहलसहितको रिसोर्ट निर्माणमा हुनुहुन्छ । त्यसका लागि पाँच करोड हाराहारी लगानीमा एउटा सिंगो पाखालाई हराभरा बनाउने र भौतिक संरचना निर्माणको काम भइरहेको छ । बृहद् प्याकेजको रिसोर्ट निर्माण गर्ने र त्यसलाई नाफामुखी भन्दा सेवामुखी बनाउने उद्घोष गर्नुभएको छ ।
“राम्रो सुविधा थोरै पैसामा दिनेछौं” उहाँको भनाई छ । स्वस्थकर खाना, पारिवारिक एवम् रमणीय वातावरण हुनेछ । साथै स्थानीय जनशक्ती र स्रोत साधनको प्रयोग हाम्रो प्राथमिकतामा हुनेछ उहाँले जानकारी दिनुभयो ।
गाउँमा हुर्के, बढेको मान्छे सामान्य शहरमै रमाउँछन्, काठमाडौं अझ ठूलो लाग्छ, काठमाडौंले मात्र नपुगेर अमेरिका पुग्दा पनि इच्चा, चाहना असिमित नै हुने कुरा थाहा पाएपछि अधिकारीले विवेकपूर्ण निर्णय गर्नुभएको हो । आत्मसन्तुष्टिले मात्र मानिस खुसी हुनसक्ने कुरा बुझेरै आप्mनो खुसीसंगै अरुलाई पनि फाईदा पुगोस् भन्ने हेतुले अब आप्mनै ठाउँमा पौरख गर्ने निर्णय गरेको उहाँको भनाई छ । त्यहाँको संरचना र पौरखले आफु हुर्केको बाल्यकाल र बुवाआमाको स्मृतिलाई ताजा बनाईराख्ने पनि उहाँको भनाई छ ।

सदरमुकाम गाईघाट बजारदेखि एक÷डेड किलोमिटरको दुरीमा बन्दै गरेको रिसोर्ट डेडवर्षभित्रमा निर्माण पुरा गर्ने लक्ष छ । उहाँका अनुसार अहिले पहिलो चरणमा जग्गा सम्याउने, सभाहल, रेस्टुरेन्ट घर, किचेन, चर्पी, पार्किङ बनाउने काम भइरहेको छ । दोस्रो चरणमा गार्डेनिङ गरी सबैतिर हरियाली बनाउने र बालवालिकाको लागि फनपार्क निर्माण गर्ने र तेस्रो चरणमा जीपलाईन, ठूला पिङहरु निर्माणको काम सम्पन्न गर्ने योजना छ ।
जिल्ला सदरमुकाम गाईघाटमा धेरै कुराको विकास र थालनी भएपनि एउटा राम्रो पारिवारिक एवम् रमणीय वातावरणको रिसोर्ट अभाव देखेपछि अधिकारीले त्यसैमा लगानी गर्नुभएको हो । रिसोर्ट पर्यटन प्रवद्र्धन समेतका लागि हुने उहाँको विश्वास छ ।
रिसोर्टलाई सर्बसाधारणका लागि सुलभ मात्र नभई प्रविधीमैत्री बनाउने उहाँको योजना छ । त्यहाँ अनलाईन सुविधा, डेलिभरी सिस्टम प्रभावकारी बनाउने सोच रहेकोछ । साथै जिल्लाको रौता पोखरी, सप्तकोशी चतरा, उदयपुरगढी, चौदण्डीगढी, ताप्लीपोखरी, लिम्चुङबुङ एभरेष्ट भ्यूटपदेखि हलेसीको भ्रमण प्याकेज जस्ता पर्यटकीय योजना छ ।

मानिसको असिमित इच्छा, चाहनालाई सिमिततामा बाधेर आफु र अरुलाईसमेत खुसी बनाउन सक्ने क्षमता विवेकशील मानिसमा मात्र हुन्छ । त्यसको उदाहरण अधिकारी बन्नुभएको छ । उहाँ आप्mना ९ र ७ वर्ष उमेरका दुई सन्तान नेपाली संस्कृतिमै रमाउन भन्ने चाहनुहुन्छ । त्यसो भएकाले पनि परिवार नेपाल बस्ने निर्णय गर्नुभएको हो ।
अमेरिका बस्दा थुप्रै नेपालीलाई आफुसंगै जागिरका लागि सहयोग गर्नुभएको अधिकारीको यो आप्mनै ठाउँको कर्मले पनि रोजगारीका थुप्रै अवसर सिर्जना हुने र सहयोगको वातावरण बन्ने विश्वास उहाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0