अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल

पूर्णपुष्टि, पुष १९
अपाङग विकास संघ उदयपुरको अध्यक्षमा सिता पौडेल निर्वाचित भएकी छिन् । उनि शारिरक अपाङगको कोटा बाट अध्यक्ष बनेकी हुन् । अध्यक्षको टुंगो लागे सँगै अपाङ्ग विकास संघ उदयपुरको संशोधित विधान २०७२ अनुसार पौडेलको अध्यक्षतामा गठित कार्यसमितिको पहिलो वैठकले उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवको पद टुङ्गो लगाउने छ ।

हाललाई अध्यक्ष मात्र छानिएको कमिटीले जनाएको छ । समितिमा शारीरिक अपाङ्गताको कोटाबाट डम्वर दनुवार, चेतबहादुर खड्का, अम्विका भट्टराईलाई सदस्यमा चयन गरिएको छ । यता बहिराबाट सन्दिप राई, शोभा ढुङ्गाना, दृष्टि सम्वन्धी अपाङ्गताबाट आशा राई र सपना चौधरी, अति अशक्तबाट बुद्ध श्रेष्ठ बौद्धिक अपाङ्गताबाट रुपक पोखरेल र एकजना अति अशक्तको महिला कोटा खाली रहेको छ । ११ जनाको कार्य समितिमा हाल अध्यक्ष सहित १० सदस्यको समिति गठन भएको छ । संघले बिभिन्न क्षेत्रहरुलाई समेटेर समिति निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0