सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

पूर्णपुष्टि, भदौ १०

मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मोरङमा अटो टेम्पोको ठक्करबाट एक वृद्धाको मृत्यु छ । मृत्यु हुनेमा मोरङको बिराटनगर–१२ कि ७७ बर्षीया हिमा निरौला रहेकी छिन् ।आज बिहान साढे ८ बजे मोरङको बिराटनगर महानगरपालिका–३ स्थित राजमार्गमा प्रदेश १–००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री निरौलालाई ठक्कर दिदा घाईते भएकि थिईन् । निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८ बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

यसै गरी दिउँसो १ बजे रामधुनी नगरपालिका–१ स्थित राजमार्गमा प्रदेश १–०४००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मंजु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । ठक्कर दिने ट्रयाक्टर र चालक रामधुनी(४ का बिजय उराउलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0