गाईघाट बरुवा बसपार्कमा दोस्रो प्रदेश महोत्सव २०८० को शिलन्यास

पूर्णपुष्टि, ७ माघ । आउँदो फागुन १ देखी गाईघाटमा सुरु हुने भनिएको दोस्रो प्रदेश महोत्सव २०८० को विधिगत शिलन्यास भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा हुने भव्य महोत्सवको औपचारिक रुपमा विधिगत शिलन्यास गरिएको हो ।

बरुवा बसपार्क स्थित महोत्सव स्थानमा पुजा आजा र बाँस गाडेर संघका अध्यक्ष रमेश रसाईलीले महोत्सव आरम्भको शिलन्यास गरेको हो । महोत्सव तयारीको लागि आजै बाट संरचनाहरु सुरु गरिने अध्यक्ष रसाईलीको भनाई छ । संघका पदाधिकारी, संघ संस्था तथा व्यपारीहरु सहितको उपस्थितिमा महोत्सवको शिलन्यास भएको छ । महोत्सवलाई सफल बनाउन गाईघाटका ब्यपारी, स्थानीय सरकार, संञ्चारकर्मी, संघ संस्था लगायत सबै क्षेत्रहरु लागि परिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
2
+1
0
+1
1