कटारीको ४० महिलामा पाठेघरको समस्या

पूर्णपुष्टि, माघ १४ । उदयपुरको कटारी नगरपालिकाको वडा नं ८ पटनाभन्ज्याङमा ४० जना महिलामा पाठेघरको समस्या देखिएको छ ।

नगरपालिका, वडा कार्यालय, वल्र्ड नेर्वसको सहयोग तथा समन्वयमा हुरेण्डेक उदयपुरले आयोजना गरेको स्वास्थ्य शिविरमा १२७ जनामा गरिएको स्वास्थ्य परीक्षणमा ४० जनामा पाठेघर खस्ने समस्या देखिएको जिल्ला अस्पताल उदयपुरका स्त्रीरोग विशेषज्ञ मुकेश झाले बताउनुभयो । शिविरमा महिलाका स्वास्थ्यमा धेरैखालका समस्या देखिएको र नियमित स्वास्थ्य जाँच, पोषणयुक्त खानपीन तथा स्यहारसुसारमा कमिहुँदा पाठेघर खस्ने समस्या देखिएको डाक्टर झाले बताए ।

पाठेघरका समस्या भएका ४० महिला मध्ये ११ जनामा महिलाको पाठेघर मुखमा हुन सक्ने सम्भाबित क्यान्सर भिआई पोजेटिभ, ६ जनाको पाठेघरको अप्रशेन गर्नु पर्ने र ७ जनालाई तत्काल रिङप्रेसरी लगाईएको कार्यक्रम संयोजक बिनु सुबेदीले बताईन् । उनका अनुसार २५ बर्षदेखि ६५ बर्ष उमेर समुहका महिलामा यो समस्या देखिएको छ ।

जटिल प्रकृतिका ६ जनाको तत्काल अप्रशेन गर्नु पर्ने डा. झाले बताए । ७ जनालाई रिङ्ग प्रेशरी राखिएको र धेरैजसोको पाठेघर सफा गरेर घर पठाइएको छ भने केहिको पाठेघरको मुखमा मासु पलाएकाहरुको तत्काल अप्रेशन, थप उपचार र परीक्षणका लागि अस्पतालमा झिकाइएको उनले बताए ।

पाठेघरको मुखको क्यान्सरबाट अकालमै धेरै महिलाको मृत्यु हुने भएकाले क्यान्सर लाग्नै लाग्दा थाहा पाउने गरि प्रयोग गरिने स्पेकुलम औजारबाट गरिने परिक्षणनै भिआईए परिक्षण हो । डाक्टर झाका अनुसार ३० देखि ६० बर्ष सम्मका महिलालाई प्राय पाठेघरको मुखमा हुने क्यान्सर हुने गरेको पाईएको छ ।

पाठेघरको क्यान्सर बिशेष गरि कलिलो उमेरमा यौन सम्पर्क भएमा, यौन साथी धेरै जना भएमा, रोगबाट लड्ने क्षमता कमि भएमा, धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन गरेमा क्यान्सर हुन सक्ने उनले बताए ।

शिविरमा जेष्ठ नागरिकमा हाडजोर्नी, ग्याष्टिक, दाग, पेट, टाउको, ढाड दुख्ने, सुगर, प्रेसर तथा अन्य उमेर समूह र बालबालिकामा घाउ खटिरा, लुतो लगायत समस्या देखिएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले बताए । शिविरमा फिजिसियन, इसिजी, युएसजी, आईयुसिडि, इम्पालन्ट, कोलिप, लगायतको सेवा प्रवाह गरिएको उनले बताए ।

बच्चादानी खसेका महिलाको निःशूल्क अप्रेसनका लागि वल्र्ड नेवर्सको सहयोगमा हुरेण्डेकद्वारा सञ्चालित ‘नेपाल एकीकृत ग्रामिण विकास परियोजना’मार्फत सहयोग उपलब्ध गराइने अध्यक्ष थापाले बताए । उनका अनुसार महिलाहरुको मुख्य समस्या रहेको पाठेघरको समयमै उपचार गर्न नसके क्यान्सर जस्तो प्राणघातक रोग लागेर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन सक्ने जोखिम हुने भएकाले शिविर सञ्चालन गरिएको हो ।

शिविरको उद्घाटन गर्दै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले ग्रामिण भेगका जनताको स्वास्थ्य क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले शिविरको आयोजना गरिएको बताउनुभयो । गाउँघरका अधिकांस महिलाले पाठेघर खस्ने समस्यालाई लाजले सकेसम्म लुकाउँछ ‘उनले भनिन्’ नसकेपछि मात्र अन्तिम अवश्थामा अस्पताल धाउने गरेका कारण रोग छिपिने र मृत्यको मुख पुग्ने गरेको देखिएकाले उनीहरु प्रति शिविर लक्षित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0