ओखलढुँगा साईकल प्रतियोगितामा जुनियर तर्फ उदयपुरको निमा प्रथम

पूर्णपुष्टि, २३ माघ । ओखलढुँगामा भएको साईकल प्रतियोगिताको जुनियर तर्फ उदयपुरका निमा शेर्पा प्रथम भएको छ । जुनियर १८ वर्षभन्दा मुनिको प्रतियोगितामा ६ जना सहभागि थिए । निमा शेर्पा प्रथम, अश्विन खत्री दोस्रो र छिरिङ पासाङ शेर्पा तेस्रो भएको छ ।

उनीहरुले क्रमशः ५ मिनेट २० मिलीसेकेन्ड, ५ मिनेट ४ सेकेन्ड १३ मिलीसेकेन्ड र ५ मिनेट १४ सेकेन्ड १६ मिलीसकेन्डमा तोकिएको दूरी पार गरेका थिए । सोमबार सम्पन्न प्रतियोगिता विजेतालाई नगद सहितका पुरस्कार प्रदान गरिएको साईकल संघ ओलढुँगाका अध्यक्ष राम रत्न साक्यले बताए । साक्यका अनुसार प्रतियोगिताको इलिट महिला पुरुष दुवै तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0