कृषी क्षेत्रमा क्रान्तिकारी काम आवश्यक छ : उद्योग कृषि तथा सहकारीमन्त्री खत्री

पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले कृषी क्षेत्रमा क्रान्तिकारी सोच, बिचार र काम आवश्यक रहेको बताएका छन् ।

दोस्रो प्रदेश महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खत्रीले नेपालीहरुको महोत्वपुर्ण क्षेत्रको रुपमा कृषी क्षेत्र रहेकोले कृषीलाई उत्पादन मुखी, यान्त्रीकिकरण र बजारीकरण गर्नु पर्ने बताए । नेपाल कृषी प्रदान देश रहेकोले बिशेष प्राविधिमा राखेर भोलीको दिनमा अगाढी बढ्नु पर्ने उनले बताए । कृषीमा लगानी गरिएमा मात्रै जनताको आर्थिक स्तर बृद्धि हुने र देश अगाडी बढ्ने उनले बताए । पर्यटन र भौगोलिक दृष्टि कोणले पनि उदयपुर जिल्ला एकदमै महत्वपुर्ण रहेकोले पर्यटन क्षेत्रमा केही सुधार गर्न सक्यौँ भने लाखौँको संख्यामा पर्यटकहरु भित्राउन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1