बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र खेल्दै, नेपालमा ६ दिन सुटिङ गर्ने

पूर्णपुष्टि, कार्तिक ८
बलिउड स्टार सुनिल सेट्टीले नेपाली चलचित्र ‘एक्स ९’मा काम गर्ने भएको छ । उनले नेपालमा ६ दिन सुटिङ गर्ने भएको छ । चलचित्र ‘एक्स ९’मा बलिउड नायक सुनिल सेट्टीले १२ दिनको समय दिने छ । सेट्टीले नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुसी लागेको बताए ।

चलचित्रका निर्देशक मुकुन्द भट्टले बलिउड स्टार सेट्टी सँग चलचित्रका लागि संझौता भैसकेको जानकारी दिएका छन् । यो चलचित्रलाई महंगो बजेटमा बनाउन लागिएको छ । केहि दिनमै चलचित्रको टिजर सार्वजनिक गर्ने तयारी समेत गरिएको उनको भनाई छ । चलचित्रमा नायक अनमोल केसी शिर्ष भूमिकामा देखिदैछन् । साथमा, सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल लगायतका कलाकारको अभिनय चलचित्रमा रहनेछ । चलचित्रमा २ नयाँ नायिका हुने भट्टको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: