विचौलीया कार्यमा संलग्न ४ जना पक्राउ

पूर्णपुष्टि, पुष २

बिरानगर महा–नगरपालिका–७ स्थितबाट विचौलीयामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरानगर–१९ का ४६ बर्षिय विनोद राय, बिरानगर–५ का ६० बर्षिय रामा सुनुवार, ४५ बर्षिय दिलीप साह र बिरानगर–१२ का ३९ बर्षिय शिव कुमार कामत रहेका छन ।
आफ्नो सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने र आफुहरुलाई कमिशन दिने फार्मेसीमा औषधी किन्न बाध्य गराउने कार्य गरी सर्वसाधारणलाई दु.ख हैरानी दिएको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको आवश्यक थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: