
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
पूर्णपुष्टि, फागुन २ ।
उदयपुरकाे लिम्चुङबुङ गाउँपालिकाबाट सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुकाे विदाई विशेष बनेकाे छ ।
पालिकाले आज आयाेजना गरेकाे प्रशासकीय अधिकृत लिम्बुकाे विदाई विशेष बनेकाे हाे । पालिकाकाे २ वर्ष एक महिना बसाईमा पालिकाबासी र जनप्रतिनिधिहरु सबैकाे मन जित्न सफल उनलाई पालिकाबासी सर्वसाधारणदेखि जनप्रतिनिधि, राजनितिक दल र कर्मचारीहरुले विशेषरुपले विदाई गरे । एक प्रशासककाेे हैसियतमा असल आचरण र काम, कर्तब्य पालनाका साथै पूर्ण जिम्मदारी, जवाफदेही बन्न सफल भएकाले लिम्बुले सबैकाे मन जितेका थिए । जनताकाे काममा ढिलासुस्ति र अनावश्यक झन्जट कत्तिपनि दिन नहुने मान्यता र असल नियतका साथ साे पालिकाकाे कार्यकाल पूरा गरेकाले लिम्बू लाेकप्रिय बनेका थिए ।
उनकाे कार्यकालमा काेभिड १९ काे प्रभावकारी नियन्त्रण गरिनुका साथै पालिकाका महत्वपूर्ण आयाेजनाहरुका साथ विकासले फड्काे मारेकाे छ । विद्यालय, स्वास्थ्य, प्रशासकीय भवन, प्रहरी भवन जस्ता महत्वपूर्ण भाैतिक संरचनाकाे निर्माण कार्यले गती लिएकाे छ । सुनकाेशि पुल, लिम्चुङबुङ एभरेष्ट भ्युटावर, सभाहल, विद्युत, संचार, सडक, सिचाईका कामहरुले आकार लिईसकेकाे छ । प्रशासकीय अधिकृत लिम्बुले लिम्चुङबुङमा अन्य विभिन्न पालिकाकाे कार्य अनुभव र आफ्नाे दक्षताकाे भरपुर प्रयाेग गरेका हुन् ।
पालिका अध्यक्ष मेजरकुमार राई र उपाध्यक्ष रमिला राई, लेखा अधिकृत ताराकिरण राईले विशेष सम्मानसहित कदर पत्र प्रदान गरे । अन्य जनप्रतिनिधि तथा कर्मचारीहरुले मायाकाे चिनाेसहित विदाई गरे । सम्मानमा लगाईएकाे खादा, दाेसल्ला र माला उहाँकाे गलामा अटेन । पालिकाकाे तर्फबाट यति ठुलाे विदाई र माया पाएका लिम्बू भावुक बनेका थिए भने विदाई गर्नेहरु हरेककाे आँखा रसाएकाे पालिकाकी कर्मचारी रुपा राईले बताईन् । लिम्बु याेजना आयाेग काठकरमाडाैमा सरुवा भएका हुन् ।
