Wednesday, June 3News That Matters

आफ्नै बैनी करणीको आरोपमा दाजु पक्राउ

पूर्णपुष्टि, चैत्र ७
१२ बर्षिया आफ्नै बैनीलाई करणी गरेको आरोपमा एक १९ बर्षिय दाजु पक्राउ परेको छ । बझाङ स्थित घटना बारे पिडितले आमालाई सुनाएपछि आमाले प्रहरीमा उजुरी दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालिकाले घटनाबारे बताएपछि सोमबार उनकी आमाले उजुरी दिएकी थिइन् ।

आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरीको आधारमा बझाङ प्रहरीले जनाएको छ।
अभियुक्तलाई पक्राउ गरिएको छ। बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ भने उनलाई सुरक्षित घरमा राखिएको छ। आरोपितलाई जवरजस्ती करणीको मुद्धा दर्ता गरिएको बझाङका डिएसपी ज्ञान वहादुर बिष्टले जनाए ।