Wednesday, May 27News That Matters

उदयपुरगढी गाउँपालिका प्रदेश नं १ कै कार्यसम्पादन मुल्याङकनको उत्कृष्ट सूचीमा

पूणर्पुष्टि, फागुन ७ । उदयपुरको उदयपुरगढी गाउँपालिका प्रदेश नं १ भरीको स्थानीय तहहरु बिचको कार्यसम्पादन मुल्याङकनको पहिलो उत्कृष्ट बन्न सफल भएको छ । प्रदेश नं १ भरिरहेको १३७ ओटा स्थानीयतह (पालिकाहरु) मध्यबाटै उदयपुरगढी गाउँपालिका कार्यसम्पादन मुल्या।कनमा पहिलो बन्न सफल भएको हो । उदयपुरगढी गाउँपालिकाले कुल ७१.९ अंक झण्डै ७२ को हाराहारीमा स्कोर प्राप्त गरी प्रदेशभरीको उत्कष्ट बन्न सफल भएको हो ।

जिल्लाको हकमा दोस्रमा कटारी नगरपालिका ६२.५४, चौदण्डीगढी नगरपालकिा ६१.८३, बेलका नगरपालकिा ५८.९०, त्रयिुगा नगरपालकिा ५८.५८, ताप्ली गाउँपालकिाले ५७.३५, लम्चिुङबुङ गाउँपालकिाले ५७ छ भने रौतामाई ५०.२९ प्राप्त गर्दै अन्तिम बन्न पुगेको छ । यता ७८.५२ अंक सहित बाँकेको नरैनपुर गाउँपालिका देशकै पहिलो कार्यसम्पादनको मुल्याङकन सूचीमा परेको छ ।