Thursday, April 30News That Matters

उदयपुरे कवी “आरोही” नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुरस्कृत हुँदै

पूर्णपुष्टि, १० असार ।
उदयपुरका कवी जिवन आरोहीलाई नेपाल प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गर्ने भएको छ । प्रष्ठिानको ६६ औँ बार्षिकोत्सवमा आरोहीलाई पुरस्कृत गर्ने भएको हो । बार्षिकोत्सवको अवसरमा आरोही सँगै अन्य १० जनालाई पुरस्कृत गर्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय कविता महोत्सव २०८० मा सहभागी कविहरुलाई मुल्याङकन समितिले सिफारिस गरे अनुसार पुरस्कृत गर्ने जनाईएको छ ।ओरोहीको “प्रश्नहरुको बिज्ञाप्ती भन्ने शिर्षकको कविता पुरस्कारको लागि छनोटमा परेको हो । प्रतिष्ठानले उदयपुरका अरोही, काठमाण्डौँका उमेश पून, सनुसरीका कृष्ण करुणा पोखरेल, दार्चुलाका खिमानन्द जोशी, रोल्पाका टंक बहादुर झाँक्री मगर, सुनसरीका तिर्थराज विश्वकर्मा, बाँकेका नविन अभिलाषी, डोटीका पुर्णनन्द ओझा, सुनसरीका प्रकाश दिप्साली राई र काठमाण्डौँकी राधिका कल्पीतलाई पुरस्कृत गर्न लागेको हो ।