
पूर्णपुष्टि, भदाैं २ ।
उदयपुरकाे त्रियुगा नगरपालिका १३ स्थित बहेडुवा थारु सामुदायिक हाेमस्टेले सामाजिक उत्तरदायित्वकाे काम गरेकाे छ । आम्दानीकाे १५ प्रतिशत सामाजिक काममा छुट्याउदै आँखा शिविर केही समयअघि गरेकाे हाेमस्टेले आज चस्मा वितरण गरेकाे प्राविधिक सल्लाहकार उत्तिमचन्द्र चाैधरीले बताए । जेभि फाउन्डेशन जिल्ला तथा नगर समितिकाे सहयाेगमा चस्मा वितरण गरिएकाे हाे ।
कार्यक्रममा त्रियुगा नगर मेयर वसन्त बस्नेत लगायत अतिथिहरुले बृद्धबृद्धालाई चस्मा वितरण गरे । हाेमस्टेले सहयाेगि जेभि फाउन्डेसनका अध्यक्ष गणेश दनुवार लगायत सदस्यहरुलाई सम्मान गर्याे ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
शिविरमा दुईसय जनाकाे आँखा परिक्षण भएकाे थियाे । जसमध्ये ४१ जनाकाे शल्यक्रिया भयाे भने ७८ जनालाई चस्मा वितरण गरिएकाे हाे ।
