उदयपुरका उत्तमकाे म्युजिक भिडियाेमा डेब्यु

पूर्णपुष्टि, असाेज २० ।

उदयपुरको त्रियुगा नगरपालिका–११ गाईघाटका उत्तम राईले एक म्युजिक भिडियोको मुख्य भुमिकामा डेब्यु गरेका छन् । अहिलेका ब्यस्त मोडल नग्मा श्रेष्ठको साथमा राईले “गामकी सानी” म्युजिक भिडियोमा डेब्यु गरेका हुन् ।
सानैदेखि कला÷संगीत क्षेत्रमा रुची राख्ने राईको नृत्य तथा अभिनयमा विशेष लगाव छ । कलाकारिताको मोह र भविष्यको खोजीमा राजधानी प्रवेश गरेका उनको लामो समय संघर्षमा वित्यो । समाजसेवा र ब्यवसाय संगसंगै उनले आफुभित्रको कलाकारिता मर्न दिएनन् । यसै सिलसिलामा उनले म्युजिक भिडियोमा अवसर पाएका हुन् । यो अवसरलाई उनले सफलताको पहिलो खुड्किलो ठानेका छन् । उनले खुलेर अभिनय गरेका छन् । “मैले मेरो बेस्ट दिने कोशिस गरेको छु” उनले भने ।
समाजसेवासंगै साहित्य र गीत/संगीत क्षेत्रमा समिर्पित ब्यक्तित्व प्रेम रिबुशालको प्रस्तुतीमा हिजोमात्र बजारमा आएको म्युजिक भिडियो “गामकी सानी” मा उत्तम राई र नग्मा श्रेष्ठको मुख्य अभिनय छ । मोडल श्रेष्ठ पछिल्लो समयकी ब्यस्त कलाकार हुन् । उनका थुप्रै म्युजिक भिडियो आएका छन् । दर्शकले धेरै रुचाएकी मोडल हुन् उनी । सदावहार नायक दयाहाङ राईसंगसमेत म्युजिक भिडियोमा अभिनय रहेको छ उनको ।
गायक साजन राईको स्वरमा रहेको म्युजिक भिडियो उनकै अफिसियल यु–ट्युव च्यानल “साजन राई अफिसियल” मा हिजो सार्बजनिक गरिएको हो । म्युजिक भिडियोमा अन्य कलाकारहरु रोशन लिम्बु, रुद्र राई रहेका छन् । म्युजिक भिडियोका प्रस्तुतकर्ता राई स्वयम् गीतकार हुन् भने कलाकारको रुपमासमेत रहेका छन् ।
“गामकी सानी निर्माया, छैनन् कि बैमानी” बोलको गीतले गाउँकी एक शोभाउशिल र सुन्दर युवतीको वखान गर्दै उनीप्रतिको मोह झल्काइएको छ । “यो लोकलयमा गाइएको गीत हो” रचनाकार राईले भने “गाउँकी युवती सुन्दर मात्र हैन असल शोभाउ र चरित्रका पनि हुन्छन् भन्ने भाव रहेकाे छ ।” झण्डै डेड वर्ष पहिले युकेमा रचिएको गीत एकवर्ष पहिले नै रेकर्ड गरिएको थियो । म्युजिक भिडियो हाल तयार भएको हाे ।

भिडियाे लि‌क :

गीतलाई न्याय दिदै ग्रामिण परिवेशमा छायाङ्कन गरिएको छ । कलाकारहरुले जीवन्त अभिनय पस्केका छन् । मोडल श्रेष्ठको अभिनयको प्रशंसा जत्ति गरेनी कमै हुन्छ, म्युजिक भिडियोमा डेब्यु गरेका राईको अभिनय पनि उत्तिकै दमदार छ । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोले संगीतप्रेमी दर्शकको मन जित्दै गएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0