Friday, June 19News That Matters

नेशनल एजुकेसन कलेज गाईघाटले ३ बर्षे डिप्लोमा कोर्ष पनि सुरु गर्यो

पूर्णपुष्टि, १७ मंसिर ।

नेशनल एजुकेशन कलेज गाईघाटले ३ बर्षे डिप्लोमा कोर्षको पनि पढाई सुरु गरेको छ । डिप्लोमा इन आयुर्वेद एचए र डिप्लोमा इन सर्टिफिकेट ल्याबोरेटरी टेक्नोलोजीको ३ बर्षे ढिप्लोमा सुरु गरेको हो। CTEVT र चिकित्सा सिक्षा आयोगबाट सम्बन्धन स्विकृति पाए सङ्गै नेशनल एजुकेशनले आईतबारबाट डिप्लोमा कोर्षको कक्षा सन्चालन गरेको हो । कलेजका प्रिन्सिपल राधारमण खतिवडाका अनुसार यस भन्दा पहिले प्रि डिप्लोमा कोर्ष मात्रै संञ्चालन रहेकोमा थप ३ बर्षे डिप्लोमा पनि समावेश गरिएको जनाए । प्राविधिक शिक्षाको आवश्यक र महत्व बढ्दै जाँदा बिद्यार्थीहरुको माग अनुसार कोर्ष थप गरी पढाई सुरु गरिएको खतिवडाले जनाए । ३ बर्षे कोर्ष थप भएसँगै विद्यार्थीहरुलाई सहज भएको विद्यालयले जनाएको छ । कोर्ष सँगै प्रयोगात्मक अनिवार्य रुपमा व्यवस्थीत गरेर पढाई सुरु गरिएको हो ।

डिप्लोमा कोर्ष अन्तर्गतको AHA शङ्काय पढाई सुरु गर्नेमा कोशी प्रदेशमै पहिलो नेशनल एजुकेशन

कोशी प्रदेशमा रहेको बिभिन्न प्राविधिक कलेजहरु मध्ये नेशनल एजुकेशनले पहिलो चोटी डिप्लोमा कोर्ष अन्तर्गतको AHA शङ्काय पढाई सुरु गरेको छ । बिगत ७१ सालमा CTEVT बाट सम्बन्धन स्विकृति पाएको उक्त कलेजले प्रदेश स्तरमै पहिलो पटक डिप्लोमा कोर्ष अन्तर्गतको AHA शङ्काय पढाई सुरु गरेको हो । कलेजको प्रयोगात्मक र कोर्ष पढाईका लागि छुट्टा छुट्टै दुई भवनहरु संञ्चालन गरिएको छ । साथै मापदण्ड अुसारको अस्पतालहरु पनि संञ्चालन गरिएको छ ।