Sunday, May 3News That Matters

किशोरकिशोरीको समग्र विकास रुपान्तरण अभियान सम्बन्धी ८ दिने तालिम सम्पन्न

पूर्णपुष्टि, २४ बैशाख ।
उदयपुरमा किशोरकिशोरीको समग्र विकासका लागि रुपान्तरण अभियान सम्बन्धि ८ दिने प्रशिक्षक प्रशिक्षण तालिम सोमबार गाईघामा सम्पन्न भएको छ ।

बैशाख १६ देखी २३ गते सम्म संञ्चालन भएको तालिममा लैँङ्गीक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत प्रशिक्षण गराईएको आयोजक संस्था कोकनका फिल्ड संयोजक उत्तिम चन्द्र चौधरीले जनाए । समाजमा हुने हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्न किशोरकिशोरीको सहभागी अनिवार्य रहेको भन्दै रुपान्तरण अभियान तथा प्रशिक्षण तालिम संञ्चालन गरिएको चौधरीको भनाई छ ।

कार्यक्रममा सहभागि मनिका विश्वकर्माले उक्त तालिमबाट हिंसा र बिभेदबारे महत्वपूर्ण जानकारी पाएको जनाईन् । उनले कतिपय कुराहरुमा आफु पनि हिंसा र बिभेदमा पुरेको कुरा यस तालिमले प्रष्ट पारेको जनाईन् । समाजका कतिपय कुराहरु हिंसा र बिभेद हुँदो रहेछ त्यो जान्न तालिमले अवसर गर्यो उनले खुसी ब्यक्त गरिन् । अब समाजमा कस्तो घट्ना बिभेद हिंसा र नकरात्मक कार्य हो भन्ने कुरा प्रष्ट बुझ्दछु, उनले भनिन, । सामाजमा भएको बिभेद र हिंसा, अत्याचार अन्याय अब सहन नपर्ने कुरामा आफु मजबुद भएका उनको भनाई छ । तालिमको सिकाईले आफुलाई आत्मा विश्वस र आत्मा रक्षक बनाएको समेत उनको भनाई छ । कक्षा ११ सम्म अध्यक्ष गर्दा सिक्न नसकेको कुरा ८ दिनको तालिममले सिकाएको उनले बताईन् ।

अर्का सहभागि सोमराज कार्कीले समाजमा भएको अन्धविश्वास र कुरितिलाई अन्त्य गर्न सजिलो नभएपनि विस्तारै हामीबाट नै रुपान्तरण सुरुवात हुनु पर्ने जनाए । तालिमले आफुलाई यहि कुरा सिकाएको र कति पय पढाईको सिकाई भन्दा ब्यवहारिक सिकाईले जिवन सहज बनाउने पनि उनले जनाए । ८ दिनको तालिम खाली समाजको लागि प्रत्यक्ष ब्यवहारिक सिकाई रहेको उनको बुझाई छ ।

तालिममा जिल्लाको ४ पालिका कटारी, त्रियुगा, चौदण्डीगढी र बेलकाका ९ विद्यालयबाट १८ जना किशोर किशोरीहरुलाई सहभागी गराईएको थियो ।

यु.एन.एफ.पि. ए.का जिल्ला कार्यक्रम संयोजक राज किशोरले यो परियोजना अन्तर्गत स्थानीय तहमा प्रशिक्षणका लागि मानवीय स्रोत निर्माण गर्ने उदेश्यले तालिम प्रदान गरिएको जनाए । स्थानीय तह सदैब किशोरी किशोरी सशक्तीकरण गर्न नीति कार्यक्रम र बजेटबाट कार्य गर्दै आएको छ आगामी दिनमा स्थानीय पाठ्यसामाग्रीमा समेत समाबेश गरि विशेष कार्यक्रम गर्न पनि आवश्यक रहेको उनले जनाए । यसका लागि जिल्लाका स्थानीय सरकारका पालिकाहरुलाइ निरन्तर दवाव दिईरहेको जनाए । त्रियुगा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख राजकु्मार खड्काले कार्यक्रमलाई आगामी दिनमा पनि थप साथ सहयोग गर्दै जाने प्रतिबद्धता जनाए । तालिमा सहभागी विद्यार्थीहरुले खड्कालाई प्रतिबद्धता सहितको ज्ञापन पत्र समेत प्रदान गरेका थिए साथै आफ्नो पालिका र वडामा समेत ज्ञापन पत्र प्रदान प्रदान गर्ने प्रतिबद्धता उनिहरुको छ । समापन कार्यक्रमको संञ्चालन कोकनका सामुदायिक स्वंसेवक महेश कुमार बस्नेतले गरेका थिए भने ८ दिने तालिमको सहजीकरण किक संस्थाका निरज न्यौपाने र अरुणा कोजुले गर्नुभएका थिए ।